पुनर्निर्माण अपडेट

‘पुनर्निर्माण प्राधिकरणको अनुभवबाट धेरै सिक्यौं’

 

अनिल पोखरेल विपद् व्यवस्थापनको क्षेत्रमा सुपरचित नाम । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार उनले २०७६ मंसिर २९ गतेबाट राष्ट्रिय विपद् जोखिम न्यनूीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को कार्यकारी प्रमुखको कार्यभार सुरु गरेका हुन् । प्राधिकरणको पहिलो कार्यकारी प्रमुख पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक र अमेरिकाको येल युनिभर्सिटीबाट इन्भाइरोमेन्टल म्यानेजमेन्टस् वाटर साइन्स पोलिसी एण्ड म्यानेजमेन्ट’ मा स्नात्तकोत्तर गरेका छन् ।
पोखरेलसँग दक्षिण र दक्षिणपूर्वी एसियामा विपद् व्यवस्थापन लगायतका क्षेत्रमा काम गरेको अनुभव छ । एसियाली विकास बैंक र विश्व बैंकमा जलवायु परिवर्तन तथा विपद् जोखिम व्यवस्थापन विज्ञको रूपमा काम गरिसकेका उनले यसै विषयमा अनुसन्धानहरू पनि गरेका छन् ।
२०७२ सालको भूकम्प पश्चात बनेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल सकिन लागेको छ । अब भूकम्पसहित सबै खालका विपद्मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काम गर्नेछ । यसैबीच दुवै प्राधिकरणले यसै बर्ष सिन्धुपाल्चोक तथा बागलुङ लगायतका जिल्लामा गएको पहिरो तथा बाढीबाट भएको क्षति पछिको उद्धारराहतअध्ययनमा सहकार्य गरेका छन् । हालैमात्र दुवै प्राधिकरणको उच्च नेतृत्वबीच टुंग्याउने (Disengagement) र संलग्न हुने (Engagement) रणनीति बनाउनेबारे अन्तरक्रिया सम्पन्न भई उक्त कार्यसम्पन्न गर्न कार्यदल गठनको प्रक्रिया अगाडि बढेको छ ।
सोही रणनीति लगायत विपद् व्यवस्थापन प्राधिकरणको एक वर्षप्राधिकरणको कार्यक्षेत्र तथा आगामी योजनाबारे कार्यकारी प्रमुख अनिल पोखरेलसँग दीपक सापकोटाले लिएको अन्तर्वार्ता :

 

विपद् प्राधिकरणको प्रमुख कार्यकारीका रुपमा तपाईंको पहिलो वर्ष कस्तो रह्यो ?
कुनै पनि संस्थाको सुरुवाती वर्षहरु आवश्यक नीति तथा सांगठनिक संरचना निर्माणमा केन्द्रित हुन्छन् । यसमा जनशक्ति तथा कार्यालय भवनको व्यवस्थापन लगायत विषय पनि पर्छन् । सजिलो भाषमा भन्दा प्रारम्भमा संस्थाको जगको काम हुन्छ भनेर बुझौं न । यो एक वर्षमा नीतिनिर्देशिका तथा कार्यविधिहरु बनाउन कार्यकारी समितिका सातवटा र राष्ट्रिय परिषद्का दुईवटा बैठकको आयोजना गरियो । त्यस्तैविभिन्न संसदीय समितिका बैठकहरुको छलफलमा सहभागि भइयो ।
नीतिगत निर्णयतर्फ मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निर्माण तथा पुनस्र्थापना अनुदान कार्यविधि२०७७विपद् जोखिम न्यूनीकरण राष्ट्रिय कार्यमञ्चको कार्यसंचालन मार्गदर्शन२०७७विपद् खोज तथा उद्धार आधारभूत तालिमको पाठ्यक्रम२०७७ र विपद्का समयमा खोज तथा उद्धारप्राथमिक उपचार र शव व्यस्थापनका लागि आवश्यक सामग्रीसम्बन्धी मापदण्ड२०७७ पारित भएको छ ।
यसै गरीअन्य थुप्रै कार्यविधिहरू पनि तयार भई स्वीकृतिको अन्तिम चरणमा छन् । जस्तैविपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति२०७७स्वयंसेवक ब्यूरो गठन तथा परिचालन निर्देशिका२०७७राहतका मापदण्डकृत्रिम घटना अभ्यास निर्देशिका आदि । त्यसै गरीयही अवधिमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७७सम्भावित शीतलहर तथा हिमपात विपद् जोखिम न्यूनीकरण तथा प्रतिकार्य राष्ट्रिय मार्गदर्शन २०७७ तयार गरी कार्यान्वयन भएको छ । यसबीच जनचेतनामूलक सामग्री स्थानीय भाषामा समेत तयार पारी विभिन्न संचारमाध्यमप्राधिकरणको वेबसाइट र सामाजिक सञ्जालबाट निरन्तर प्रसारणको व्यवस्था गरिएको छ । bipadportal.gov.np निर्माण गरी सञ्चालनमा लैजाने प्रक्रिया शुरु भएको छ ।

 

यो प्राधिकरणले के गर्छ यसको कार्यक्षेत्र र अधिकार के हो ?
यसको क्षेत्राधिकार फराकिलो छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन२०७४ ले विपद् व्यवस्थापनका सबै क्रियाकलापको समन्वयात्मक र प्रभावकारी रुपमा व्यवस्थापन गरी सबै प्रकारको विपद्बाट सर्वसाधारणको जिउज्यान र सार्वजनिक तथा निजी सम्पतिप्राकृतिक एवं सांस्कृतिक संरचनाको संरक्षण गर्न यस प्राधिकरणलाई मुख्य २५ वटा कामकर्तव्य र अधिकार तोकेको छ ।
प्राधिकरणलाई दिशानिर्देश गर्न सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् छ । यो परिषद्मा मन्त्रीहरूप्रदेश मुख्यमन्त्रीहरू मात्र होइन विपक्षी दलका नेतासमेत सदस्य हुनुहुन्छ । केही नीतिगत र कार्यसञ्चालनमा दिशानिर्देश गर्न माननीय गृहमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति छ । यो समितिमा गैरसरकारी र निजी क्षेत्रसमेतको प्रतिनिधित्व छ ।
यसले मुख्यगरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिबृद्धिघटना हुनासाथ त्यसका लागि आवश्यक पर्ने राहत तथा उद्धारका साथै विपद् व्यवस्थापनसँग सम्बन्धित संघीयप्रादेशिक तथा स्थानीय सरकारगैरसरकारी र निजी क्षेत्रबीच समन्वय र सहकार्यका कामहरू गर्छ ।


विपद् व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारीमा नियुक्त भएपछि तपाईंले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग विभिन्न अवसरमा छलफल तथा बैठक गर्नु भएको छ । यसको सिकाई के रह्यो ?
दुबै प्राधिकरणको नेतृत्व तहसंयुक्त बैठकहरू र छलफलमार्फत् कतिपय सवालमा हामीले लगभग सहकार्य नै गरिरहेका छौं । यसबाट हामीलाई जोखिम न्यूनीकरण र व्यवस्थापनको काम गर्न निकै मद्दत पुगेको छ । मुख्यगरीभूकम्पीय जोखिम पछाडिका पुनर्निर्माणका लागि मात्र होइन भूकम्पीय जोखिमको समग्र पक्ष बुझ्न पनि सहयोग मिलेको छ । जस्तैदेशभरिकै भूकम्पीय जोखिमको आंकलनभूकम्पपछाडि गएका पहिरो हरूको बारे हरेक वर्ष बर्षाअगाडि र बर्षापछाडि १४ जिल्ला (भूकम्पद्वारा अति प्रभावित) मा गरिएको अध्ययन हाम्रा लागि ज्ञान र सूचनाको स्रोत नै भएको छ । त्यो सँगसँगै पाँच वर्षमा जति पनि निजी आवास तथा सार्वजनिक संरचनाहरू बने यसले विपद्पछि नागरिकको सहभागीता र भरोसामा पुनर्निर्माण कसरी अघि बढाउन सकिन्छ भन्ने प्रमाणित ज्ञान दिएको छ ।
उत्तिकै महत्वपूर्ण के छ भने पुनर्निर्माण प्राधिकरणले लामो समय र मेहनत लगाएर थुप्रै कार्यविधि तथा निर्देशिकाहरू बनाएको छ । ती सबै दस्तावेजहरू नेपालमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्नका लागि मार्गदर्शक सूत्र जस्तै हुन् । यसैको फलस्वरुप यस वर्ष बाढी तथा पहिरोबाट क्षति भएका आवास पुनर्निर्माण तथा विस्थापित भएका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सुरक्षित आवास बनाउने कार्यविधि बनाउन मद्दत मिलेको छ । ती दस्तावेज नभएको भए समय त लाग्थ्यो नै साधनस्रोत पनि खर्च गर्नुपथ्र्यो ।
मेरो नियुक्ति सँगसँगै हामीले कसरी दुईवटा संस्थाहरूले मिलेर काम गर्न सकिन्छ भनेर हरेक महिनाजसो छलफल तथा बैठक गर्दै आयौं । मुख्यगरीनक्सांकनका कामनिर्वाचित जनप्रतिनिधि एवं कर्मचारीहरूलाई तालिम पुस्तिकाप्रबलीकरणका अनुभवहरू होउन् वा एकीकृत बस्ती निर्माणका अनुभव आगामी दिनका लागि ती धेरै उपयोगी छन् । केही समयअघि मात्र सिन्धुपाल्चोकलगायतका जिल्लामा पुनर्निर्माण प्राधिकरणको प्राविधिक टिमसहित हामीले संयुक्त रुपमा जिओ हाइड्रोलजिक’ अध्ययन ग¥यौं । यसमा पुनर्निर्माण प्राधिकरणको नेतृत्वदायी भूमिका रह्यो । प्राधिकरणसँग हालै थपिएको एक वर्षको समय छ । त्यो भनेको अझ एक वर्ष अझ धेरै सहकार्य र सिकाईको अवसरको रुपमा हामीले लिएका छौं ।

 

पुस दोस्रो साता तपाईंहरूले संलग्न हुने (Engagement) र टुंग्याउने (Disengagement) रणनीति निर्माण गर्ने र त्यसको कार्वान्वयनबारे छलफल गर्नु भयो । यसको खाकाबारे थोरै जानकारी गराइदिनुस् न ।
पुनर्निर्माण प्राधिकरण सनसेट ल’ अन्तर्गत बनेको संस्था हो । २०७८ पुस १० मा यसको अवधि सकिंदै छ । यो समयावधिभित्रै पुनर्निर्माण प्राधिकरणको टुंग्याउने ९मष्कभलनबनझभलत० र राष्ट्रिय विपद् जोखिम न्यनूीकरण तथा व्यवस्थापन प्राधिकरण संलग्न हुने ९भलनबनझभलत० बारे पुनर्निर्माण प्राधिकरणको निर्देशक समिति र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट निर्णय भइसकेको छ ।
यसलाई अगाडि बढाउन संयुक्त कार्यदल बनाएर लैजाने निर्णय पनि भएको छ । पुनर्निर्माण प्राधिकरणको हालसम्मको पाँच वर्षको अनुभवयसक्रममा संकलन भएका तथ्यांकसिपज्ञान र संजाल (नेटवर्क) यहाँसम्म कि तालिमप्राप्त निर्माणकर्मीहरूको सूची राष्ट्रकै लागि महत्वपूर्ण दस्तावेज हुनेछन् । यी दस्तावेज हाम्रा विपद् व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण मात्र होइन की हाम्रो क्षमता बढाउन सँगसँगै क्रियाशील हुनेसिक्दै जाने र संस्थागत गर्दै जाने हिसाबले एक वर्षको रणनीति बनाउँदैछौं । यसैलाई हामीले संलग्न हुने र टुंग्याउने रणनीति भनेका हौं ।

 

सिन्धुपाल्चोकलगायतका यस बर्ष पहिरो र बाढीबाट सबैभन्दा ग्रस्त जिल्लामा दुई प्राधिकरणको संयुक्त अध्ययन गराउनु भयो । अब त्यहाँको पुनस्र्थापना र पुनर्निर्माणको कार्यान्वयन विपद् व्यवस्थापन प्राधिकरणमार्फत् गर्ने तयारी गर्दै हुनुहुन्छ । त्यसको खाका कस्तो बनाउनु भएको छ ?
२०७७ पुस २६ गते बसेको कार्यकारी समितिको बैठकले यससम्बन्धमा कार्यविधि पारित गरेको छ । यो मूलतः पुनर्निर्माण प्राधिकरणले आर्जेको अनुभवको आधारमा बनाइएको हो । अबको पुनस्र्थापना र पुनर्निर्माणमा स्थानीय पालिका र जनप्रतिनिधिहरूको नेतृत्वदायी भूमिका हुनेछ । जसले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम कारवाहीलाई स्थानीय तहमा मूलप्रवाहीकरण गर्नेछ । पालिकाले लाभग्राही पहिचान गर्नेजिल्ला विपद् व्यवस्थापन समितिले त्यसको यकीन गर्नेवडा कार्यालयले अनुदान सम्झौता गराउनेत्यसमा प्रादेशिक संरचनाहरूको आर्थिकसहितको सहभागिता गराउने व्यवस्था मिलाइएको छ । निजी आवास पुनर्निर्माण घरधनीकै नेतृत्वमा हुने -Owner Driven Reconstruction_ मोडलमा आधारित हुनेछ । यसमा जिल्लामा रहेका अन्य प्राविधिक कार्यालयहरूको समेत सहयोग र हनेछ ।
यसमा हाम्रो प्राधिकरणको मुख्य ध्यान स्थानीय सरकारहरूको क्षमता बढाउनुमा हुनेछ । साथै अबको पुनर्निर्माणमा रैथाने ज्ञानसीप र सामग्रीको प्रयोगलाई पनि प्रोत्साहित गरिनेछ । यसले जुनसुकै विपद्पछिको पुनर्निर्माणलाई दिगो र मितव्ययी बनाउन मद्दत पुग्ने विश्वास हामीले लिएका छौ्र । कुनै प्रभावितसँग सुरक्षित घडेरी छैन र उहाँहरू आफैं आसपासमै कतै जग्गा किने र बस्न चाहनुहुन्छ भने तीन लाख रुपैयाँ नबढ्ने गरी उपलब्ध गराइने छ । पाँचभन्दा बढी घरधुरी मिलेर एकीकृत बस्तीको रुपमा बस्न चाहनुहुन्छ भने सार्वजनिक संरचना बनाउन सहयोग हुनेछ । निजी आवास पुनर्निर्माणमा यसअघि भूकम्पबाट भत्केका घरहरूको पुनर्निर्माण पाउने अनुदानभन्दा केही बढी हुने गरी मिलाएका छौं । हिमाली र पहाडी क्षेत्रमा निर्माण लागतलाई समेत ध्यान दिएर अनुदान र कम तोकिएको छ । अब विपद्पछिको पुनर्निर्माणमा हिमाली क्षेत्रका लाभग्राहीले पाँच लाख पाउनु हुनेछ भने पहाडी क्षेत्रका लाभग्राहीले चार लाख र तराईका जिल्लाका लाभग्राहीले तीन लाख रुपैयाँ पाउनु हुनेछ ।
म फेरि पनि स्मरण गराउँछु यसको कार्यान्वयन मुख्य रुपमा पालिका र जिल्ला विपद् व्यवस्थापन समितिबाट हुनेछ । हाम्रो प्राधिकरणको मुख्य भूमिका प्राविधिक सहयोग उपलब्ध गराउनेवित्तीय स्रोतको संयन्त्र मिलाउने र गुणस्तर कायम गर्न अनुगमन गर्ने लगायत हुनेछ ।

 

यस प्राधिकरणबाट जनअपेक्षा धेरै छ । तपाईंको रोडम्याप चाँहि कस्तो छ ?
हामीले पाँच वर्र्षे कार्ययोजना नै बनाएर काम थालेका छौं । यो कार्ययोजना नेपालको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण रणनीति अनुसार छ । उक्त रणनीतिले सन् २०१८ दे खि २०३० सम्म १२ बर्ष भित्रमा यो क्षेत्रमा के कस्ता काम गर्नुपर्छ भनेर किटान गरेको छ । पञ्चवर्षीय योजनामा हामीले मूलतः विपद् जोखिमको न्यूनीकरणमा जोड दिएका छौं । अर्थात् सकेसम्म त्यस्ता जोखिमहरू घटाउँदै विपद् पूर्वतयारीलाई अभिवृद्धि गर्दै प्रभावकारी प्रतिकार्यमा जोड दिने रणनीति अख्तियार गरेका छौं । हामीले यसमा खासगरी चारवटा कार्यहरूमा जोड दिएका छौं । जोखिम क्षेत्रहरूको नक्सांकन गर्नेजोखिम न्यूनीकरणका लागि हरेक संस्थाहरूको क्षमता अभिबृद्धि गर्नेविपद्का घटना हुनेबित्तिकै रेस्पोन्स’ का लागि चुस्त प्रणाली बनाउने र बहुप्रकोपीय पूर्वसूचना प्रणालीको विकास गर्ने यसमा पर्छन् ।

 

यस क्षेत्रमा विकास साझेदार र गैरसरकारी संस्थाहरूको ठूलो चासो र सरो कार रहेको देखिन्छ । यसलाई कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
ऐनले नै सरकारीगैरसरकारीनिजी क्षेत्रप्राज्ञिक अनुसन्धान संस्थाहरूसमुदाय तथा सर्वसाधारणसमेतको सहकार्यबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका काम सम्भव हुन्छ भनेर निर्देशन गरेको छ । विकास साझेदार संस्थाहरू तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको पनि यसमा ठूलो भूमिका हुन्छ । हामी संयुक्त रुपमा क्रियाशील भएर आपसी साझेदारीमा अगाडि बढेमा मात्र जोखिम न्यूनीकरण गर्न र भोलि कुनै विपद्का घटना भइहालेमा शीघ्र परिचालन हुनसक्छौं । यहाँलाई स्मरण गराउँ सरोकारवाला सबैको मियो बनेर काम गरोस् भन्ने हेतुले नै यो प्राधिकरण गठन भएको हो ।

 
                                                                                                                       ***
 

News & Event

Notice+ थप

Twitter Feed

1