पुनर्निर्माण अपडेट

पुनर्निर्माण सम्बन्धी अभिमुखीकरण तथा समीक्षा

प्रकाशित मिति: २०७६-२-१८

काठमाडौं, चैत्र १७
पुनर्निर्माण सम्बन्धी पछिल्ला नीतिगत व्यवस्था तथा पुनर्निर्माणको जिल्लागत अवस्थाबारे छलफल गर्न अभिमुखीकरण तथा समीक्षा गोष्ठी सुरु भएको छ । 
पुनर्निर्माणको पछिल्लो अवस्थाबारे केन्द्र र जिल्लाका अधिकारीहरुबीच समान बुझाई विकास गरी पुनर्निर्माणलाई आगामी दिनमा अझ गति दिने उपायहरु खोजी गर्नका लागि कार्यक्रम आयोजना गरिएको हो ।


कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, तीनवटै केन्द्रीय आयोजना कार्यान्वयन इकाईका अधिकारीहरु एवं ती इकाईका सबै जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुखहरुको सहभागिता छ । 
तीन दिने अभिमुखीकरणको पहिलो दिन जिल्ला आयोजना कार्यान्वयन इकाईहरुका प्रमुखहरुले आआफ्ना जिल्लामा पुनर्निर्माणको पछिल्लो प्रगति, चुनौतीहरु एवं समाधानका उपायहरुको प्रस्तुतीकरण गर्नुभएको छ ।
कार्यक्रमको दोस्रो दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नयाँ नीतिगत पहल, सुधार गर्नुपर्ने क्षेत्रहरु, पुनर्निर्माणमा स्थानीय सरकारहरुको भूमिका एवं उनीहरुसँग समन्वयबारे मन्तव्य दिनु हुनेछ । 
त्यसैगरी, कार्यकारी समिति सदस्यहरु, प्राधिकरणका सहसचिवहरु तथा केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुखहरु आआफ्नो जिम्मेवारीका विषयबारे प्रशिक्षित एवं प्रस्तुति गर्नु हुनेछ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप