पुनर्निर्माण अपडेट

छुट तथा पुनः जाँच सर्वेक्षणको समयसीमा थप

प्रकाशित मिति: २०७६-१-२६

काठमाडौं, बैशाख २६
छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको समयसीमा थप भएको छ । अब जेठ मसान्तसम्म सर्वेक्षण गरिनेछ ।
यसअघि २०७५ चैत्र १५ गते सर्वेक्षण सुरु गरेर २०७६ बैशाख मसान्तसम्ममा सकिने आंकलन गरिएको थियो । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले विशेष कारणबश सबै जिल्लामा स्थलगत लगत संकलन कार्य समयमा शुरु गर्न नसकिएकोले म्याद थपिएको बताउनु भयो । 


उहाँले यस अवधिभित्र आ–आफ्नो क्षेत्रमा खटिएका प्राविधिकहरु मार्फत् तोकिएको समयमा आ–आफ्नो लगत संकलन गराउन सबै गुनासोकर्तालाई आग्रह पनि गर्नुभयो ।
हाल सबै जिल्लाहरुमा सर्वेक्षण भइरहेको छ । र, हालसम्म केन्द्रीय सूचना प्रणालीमा सात हजार गुनासोकर्ताको विवरण प्राप्त भएको छ । 
प्राधिकरणबाट स्थानीय तहमा खटिएकामध्ये तोकिएका करिब ५ सय ५० इञ्जिनियरले गुनासोकर्ताको घरघर गई लगत संकलन गरिरहेका छन् । 
प्राधिकरणले वास्तविक पीडितहरुको यथार्थपरक लगत संकलन कार्यमा सहयोग गर्न र वैकल्पिक बासको व्यवस्था भएकाहरुलाई सर्बेक्षणमा समावेश नगर्न भूकम्प प्रभावित स्थानीय तहका पदाधिकारीहरुलाई अनुरोध पनि गरेको छ ।  
साथै, गैरपीडितलाई सिफारिस गरिएको पाइएमा सिफारिसकर्तालाई कार्वाही हुनेमा सचेत पनि गराएको छ । 
निजी आवास पुनर्निर्माण लाभग्राहीमा सूचीकृत हुन पाउँ भनी गुनासो दर्ता गराई गुनासो सम्बोधनअन्तर्गत पहिलेको मुख्य सर्वेक्षणमा छुट भएका गुनासोकर्ताहरु, सर्वेक्षणबाट थप यकिन गर्नु पर्ने भनी तोकिएका गुनासोकर्ताहरुको हकमा मात्र सर्वेक्षण हुनेछ ।
त्यसैगरी, छुट तथा पुनःजाँच सर्वेक्षण २०७४ मा लगत संकलन नभएका गुनासोकर्ताहरु र स्थानीय तहमा तोकिएको समयसीमाभित्र नयाँ दर्ता गरिएका गुनासोहरुको पनि सर्वेक्षण गरिनेछ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप