ReconstructionUpdate

  • This website is under maintenance |

प्राधिकरणमा नाइजेरियाली सेनाको टोली

प्रकाशित मिति: २०७५-२-१३

काठमाडौं, जेष्ठ १३
अफ्रिकी राष्ट्र नाइजेरियाको नेशनल डिफेन्स कलेजको प्रतिनिधिमण्डलले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग अन्तरक्रिया गरेको छ । 
‘नेपालमा जोखिम व्यवस्थापन तथा राष्ट्रिय सुरक्षाः नाइजेरियाका लागि शिक्षा’हरुबारे अध्ययन गर्न आएको २१ सदस्यीय नाइजेरियाली प्रतिनिधिमण्डले शुक्रबार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भूसालसँग अन्तरक्रिया गरेको हो ।  
अन्तरक्रियामा प्रमुख कार्यकारी अधिकृत भूसाललगायत प्राधिकरणको विगत र आगामी योजनाबारे प्रतिनिधिमण्डललाई विस्तारमा जानकारी गराउनु भएको थियो । त्यसक्रममा उहाँले नेपालको पुनर्निर्माणबाट प्राप्त शिक्षाहरुमाथि विशेष जोड दिनु भयो ।
नाइजेरियाली प्रतिनिधिमण्डलका सदस्यहरुले पुनर्निर्माणमा भूकम्पप्रतिरोधी मापदण्ड, बिल्ड ब्याक बेटरको अवधारणा, अन्य मन्त्रालयको भूमिका, पुनर्निर्माणमा सेनाको भूमिका, राहत तथा पुनर्निर्माणमा सहयोग गर्न आएका विकास साझेदारहरुको भूमिका आदिबारे जिज्ञासा राखेका थिए । 
२१ सदस्यीय नाइजेरियाली प्रतिनिधिमण्डलमा नाइजेरियाको सेना तथा प्रहरीका २१ उच्च अधिकारीहरुको सहभागिता थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप