पुनर्निर्माण अपडेट

दुई विद्यालय र एक मन्दिरको शिलन्यास

प्रकाशित मिति: २०७८-४-३२

पाल्पा, साउन ३२
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले दुईवटा विद्यालय र एक मन्दिर पुनर्निर्माणको शिलान्यास गर्नुभएको छ ।
साउन ३० गते शिलान्यास गरिएका विद्यालयमा रिब्दिकोट गाउँपालिका वडा नं. २ लघुवामा अवस्थित श्री आदर्श माध्यामिक बिद्यालय र सोहि गाउँपालीकाको वडा नं. ५ नयाँटोलमा अवस्थित श्री लक्ष्मी आधारभूत बिद्यालय छन् । दुवै विद्यालयमा चार–चार कोठे भवन बनाइनेछन् ।

विद्यालय शिलान्यास कार्यक्रममा रिब्दिकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जि.सी. र सम्बन्धित वडाका वडाध्यक्षहरुको उपस्थिति थियो  ।
त्यसैगरी, सोही दिन प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सोही गाउँपालिकामा वडा नं. ५ मा अवस्थित भवानी मन्दिर पुनर्निर्माण कार्यको शिलान्यास गर्नु भयो । उक्त शिलान्यास कार्यक्रममा पुरातत्व विभागका प्राविधिकहरुको सहभागिता थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप