पुनर्निर्माण अपडेट

पुनर्निर्माण सम्पन्न दुई विद्यालयको उद्घाटन

प्रकाशित मिति: २०७७-९-४

पाल्पा, पौष ३
पाल्पाका दुई स्थानमा पुनर्निर्माण सम्पन्न भएका विद्यालय भवनहरुको उद्घाटन भएको छ । रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित श्री भैरव जनता माध्यमिक विद्यालय र चण्डीस्थानस्थित श्री ज्ञानमाला माध्यमिक विद्यालयका चार चार कोठे भवनको उद्घाटन भएको हो ।

ती पुनर्निर्मित भवनहरुको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र पाल्पा २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद सोमप्रसाद पाण्डेले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
दुवै विद्यालय भवनहरु ६९–६९ लाख रुपैयाँमा पुनर्निर्माण भएका हुन् ।

भवनहरुको उद्घाटनपछि मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्मित नयाँ भवनहरुले अध्ययन–अध्यापनमा सुविधा थपिनुका साथै शैक्षिक गुणस्तर बृद्धिमा पनि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सांसद पाण्डेले नयाँ भवनको भरपुर सदुपयोग गर्न आग्रह गर्दै थप भवन तथा अन्य शैक्षिक सुविधामा निरन्तर पहल गरिराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप