पुनर्निर्माण अपडेट

अरनिको राजमार्गको निरीक्षण

प्रकाशित मिति: २०७५-१२-२७

काठमाडौं, चैत्र २६
सरकारी उच्चस्तरीय टोलीले अरनिको राजमार्गको विभिन्न खण्डमा जारी पुनर्निर्माण कार्यको निरीक्षण गरेको छ ।


परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सांसद अग्नि सापकोटा लगायतको टोलीले तातोपानी नाकासम्म पुगेर पुनर्निर्माण कार्यको निरीक्षण गरेको हो ।
टोलीले भूकम्प र जुरे पहिरोले क्षति पुर्याएको सडक खण्डमा भइरहेको पुनर्निर्माण कार्य, पुनर्निर्माण भइरहेको सुख्खा बन्दरगाह, मितेरी पुल लगायतको निरीक्षण गरेको थियो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भूकम्पपछि बन्द भएको तातापानी नाका पुनःसञ्चालन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले तातोपानी नाका पुन:सञ्चालनको महत्वलाई गम्भीर रुपमा लिएर सो खण्डमा गर्नुपर्ने पुनर्निर्माण कार्यलाई अघि बढाउन प्राधिकरणले नेपाल र चिनियाँ पक्षसँग समन्वय गरिरहेको बताउनुभयो ।
सडक, पुल लगायतका पूर्वाधारमा निर्माणमा संलग्न चिनियाँ पक्षले दुई महिनाभित्रमा मितेरी पुलको पुनर्निर्माण सम्पन्न हुने जानकारी गराएको छ ।
सांसद् अग्नि सापकोटाले मितेर पुल पुनर्निर्माण सम्पन्न भएपछि नाका पुन: सञ्चालनमा आउने बताउनुभयो ।
२०७२ वैशाखमा गएको भूकम्पले सडक, पुल लगायतका भौतिक संरचना व्यापक क्षति  पुर्याएपछि तातोपानी नाका बन्द भएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप