पुनर्निर्माण अपडेट

राष्ट्रपति भण्डारीद्वारा सुरक्षित भौतिक पूर्वाधारमा जोड

प्रकाशित मिति: २०७७-१-१२

काठमाडौँ, वैशाख १२
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले पर्यावरणमैत्री र सुरक्षित भौतिक पूर्वाधार तथा प्रकोप प्रतिरोधी बस्ती निर्माणमा जोड दिनुभएको छ ।
पाँचौँ भूकम्प स्मृतिको सन्दर्भमा दिनुभएको एक सन्देशमा राष्ट्रपतिले नेपाल भूकम्प, बाढी, डुबान, पहिरोजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेकाले प्रकोप प्रतिरोधी बस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
२०७२ वैशाख १२ गते विनाशकारी भूकम्प गएको दिनको स्मरण गर्दै राष्ट्रपतिले सबै संरचनाको अध्ययन गरी कमजोर संरचनालाई प्रबलीकरण गर्दै अभियानका रूपमा भवन निर्माण कार्य अगाडि बढाउन सम्बन्धित निकायको ध्यान आकृष्ट पनि गराउनुभएको छ ।
राष्ट्रपति भण्डारीले भूकम्पबाट प्रभवितहरुको उद्दार, राहत र पुनर्स्थापनाका साथै ध्वस्त संरचनाहरुको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सकिएको उल्लेख गर्दै संकटका बेला एकजुट हुने नेपालीको असल परम्परालाई कायम राख्नुपर्नेमा जोड दिनु भएको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप