पुनर्निर्माण अपडेट

ग्रामीण क्षेत्रका घरहरुको प्रबलीकरणबारे कार्यशाला

प्रकाशित मिति: २०७६-४-१४

ललितपुर, साउन १३
ग्रामीण क्षेत्रका असुरक्षित घरहरुको भूकम्पीय जोखिममुक्त प्रबलीकरणबारे सरोकारवालाबीच कार्यशाला आयोजना गरी विस्तृत छलफल गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा प्रबलीकरण कार्यक्रमहरु संचालन गरिरहेका विकास साझेदार संस्थाहरुको आयोजनामा भएको कार्यक्रममा हालसम्मका अनुभवहरु साटासाट गरिएको हो । 
कार्यक्रमको पहिलो सत्रमा पुनर्निर्माण तथा प्रबलीकरणमा सक्रिय रहेका विकास साझेदार संस्थाहरु युएनडिपी, एनसेट–नेपाल तथा बिल्ड चेञ्जका तर्फबाट विभिन्न भूकम्प प्रभावित जिल्लामा प्रबलीकरण गर्दा प्राप्त भएका अनुभव, चुनौती तथा आगामी बाटोबारे प्रस्तुतीकरण भयो । 


त्यसक्रममा आफ्नो घर प्रबलीकरण गरी प्रसन्न हुनुभएका काभ्रेपलाञ्चोकका दुईजना लाभग्राही मधु रायमाझी र डिल बहादुर तामाङले प्रबलीकरणअघि रहेको दुविधा तथा प्रबलीकरणपछिको खुशीको अनुभव राख्नुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा सहभागीहरु चार भागमा विभाजन भएर छलफल गरी निश्कर्ष साझा गरिएको थियो । नीतिगत सुधार, प्राविधिक पुनरावलोकन, संस्थागत सुधार तथा संचार रणनीति चारवटा विषयमा छलफल गरियो जसको संयोजन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यहरुले गर्नुभएको थियो ।
छलफलमा उठेका विषयहरुलाई संश्लेषण गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रबलीकरण अभियान सफल हुँदा भूकम्पबाट क्षति भएका ७० हजार घर मात्र नभएर पूर्वदेखि पश्चिमसम्मका लाखौं घरहरुलाई भूकम्पीय जोखिमरहित बनाउन प्रबलीकरणतर्फ अभिमुख गर्न सकिने धारणा राख्नुभयो ।  
छलफलमा उठेका विभिन्न नीतिगत तथा संस्थागत सुधारका सुझाव कार्यान्वयन गर्न ध्यान दिने उल्लेख गर्दै उहाँले आम प्रबलीकरण लाभग्राहीलाई प्रबलीकरणतर्फ अभिप्रेरित गर्न सफल अभ्यासहरुको प्रदर्शन गर्दै प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप