A PHP Error was encountered

Severity: Warning

Message: fopen(/var/www/html/application/config/../sessions/ci_sessionee3ec15003b378f69f94048282d4551908eb1859): failed to open stream: No space left on device

Filename: drivers/Session_files_driver.php

Line Number: 156

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्टिय सम्मेलन सम्पन्न
 
पुनर्निर्माण अपडेट

पुनर्निर्माणसम्बन्धी अन्तर्राष्टिय सम्मेलन सम्पन्न

प्रकाशित मिति: २०७८-८-२४

नेपाल विनाशलाई अवसरमा बदल्न सफलः प्रधानमन्त्री देउवा
काठमाडौं, मंसिर २३
नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन–२०७८ घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा सम्मेलनको समापन गरिएको हो ।
२०७२ बैशाख १२ को भूकम्पपछिको पुनर्निर्माणका उपलब्धि, अनुभव तथा सिकाई आदानप्रदान गर्न सम्मेलनको आयोजना गरिएको हो ।  
समापन कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री देउवाले भूकम्पछिको उद्दार तथा राहतदेखि पुनर्निर्माणसम्म महत्वपूर्ण सहयोग गर्ने सम्पूर्ण मित्र राष्ट्रहरु, अन्तर्राष्ट्रिय निकाय र समुदायलाई धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री देउवाले भूकम्पपछिको पुनर्निर्माणले नेपालको अर्थतन्त्रमा पनि योगदान गरेको उल्लेख गर्दै अझ राम्रो र बलियो पुनर्निर्माणको दृढतासहित नेपाल विनाशलाई अवसरमा बदल्न सफल भएको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, “विनाशकारी भूकम्पको ६ वर्षपछि पुनर्निर्माण र पुनस्र्थापना कार्य सम्पन्नताको चरणमा पुगेको छ । विनाशकारी भूकम्पको कष्टका बदलामा हामीले जोखिमको अनुकुलन र उत्थानशीलताको सबलीकरणको शिक्षा प्राप्त गरेका छौं ।”
पूर्व उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको पुनर्निर्माणलाई सफलताको चरणमा पु¥याएकोमा प्राधिकरणलाई धन्यवाद दिंदै पुनर्निर्माणपछिको उपलब्धि हासिल हुनुमा अन्तर्राष्ट्रिय समुदायको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले विपद् जोखिमबाट मुक्त नेपाल निर्माणतर्फ अघि बढ्न विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणलाई स्वायत्त तथा अधिकारसम्पन्न बनाउनुपर्ने बताउनुभयो ।  
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा विभिन्न सकरात्मक अभ्यास तथा अनुभवहरु आदानप्रदान भएको उल्लेख गर्दै पुनर्निर्माणका क्रममा प्राप्त यी अनुभवहरु भावी पुस्ताका लागि मात्र नभएर विश्वका अन्य भागहरुलाई पनि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
सम्मेलनपछि जारी घोषणापत्रमा स्थानीय सरकारहरुलाई योजना, प्राविधिक एवं व्यवस्थापकीय हिसाबले सामथ्र्यवान बनाउनुपर्नेमा जोड दिंदै विपद् उत्थानशीलताको विकास गर्न विपद् जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणलाई प्रष्ट कार्यादेश, संचना, अधिकार र स्वायत्तता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ ।  
नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जुले पुनर्निर्माणमा स्थानीय तहहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न स्थानीय तहहरुलाई सामथ्र्यवान बनाइनुपर्ने धारणा राख्नुभयो ।
समापन कार्यक्रममा नेपालका लागि चीनका राजदूत होऊ यान्छी, भारतीय दूतावासका प्रथम सचिव करुन बंशल, एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नद काउचोइस, जाइकाका प्रमुख प्रतिनिधि युमिको आशाकुमा, युएसएडकी नेपाल मिसन निर्देशक सेपिड केभान्साड, एफसिडिओको भारत एवं हिन्द महासागर निर्देशक बेन मेलरले सम्बोधन गर्दै नेपालले पुनर्निर्माण तथा पुनस्र्थापनाबाट आफूहरुले पनि सिकेको उल्लेख बताउनुभयो ।
विश्व बैंकका दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हर्टविग स्काफर र युएनडिपीकी उप महानिर्देशक कानी विग्नाराजाले भिडियो सन्देशमार्फत् आगामी दिनमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आजै सम्मेलन अन्तरर्गतका १० वटा विषयगत सत्रहरु सम्पन्न भएका छन् । सम्मेलनको बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
समापन कार्यक्रममा परराष्ट्रमन्त्री डा.नारायण खड्का, संघीय मामला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, नेपाल सरकारका मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवहरु, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखहरु नेपालस्थित विभिन्न दातृ निकायका प्रमुख तथा प्रतिनिधिहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतहरुको सहभागिता थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप

A PHP Error was encountered

Severity: Warning

Message: rewind() expects parameter 1 to be resource, boolean given

Filename: drivers/Session_files_driver.php

Line Number: 188

A PHP Error was encountered

Severity: Warning

Message: filesize(): stat failed for /var/www/html/application/config/../sessions/ci_sessionee3ec15003b378f69f94048282d4551908eb1859

Filename: drivers/Session_files_driver.php

Line Number: 192