काठमाडौ, मंसीर १५
दशरथ रंगशाला र सातदोबाटोस्थित पौडी पोखरीमा पुनर्निर्माणमा काम सम्पन्न भएका छन् । पुनर्निर्माण सम्पन्न भएसँगै १३औं दक्षिण एसियाली खेलकुद (साग)का प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । दशरथ रंगशालामा सागको उद्घाटन भव्य रुपमा सम्पन्न भयो । सागको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नु भयो ।
चीन सरकारको सहयोगमा दशरथ रंगशालामा ट्रयाक फिल्ड, लाइटिङ सिस्टम, डिस्पेले स्कृन, साउण्ड सिस्टम, पावर डिस्ट्रिब्युसन लगायतका काम भएको हो । पुनर्निर्माण अन्तर्गतका परियोजना सम्पन्न गरी साग आयोजना गर्ने वातावरण तयार पार्न पुनर्निर्माण प्राधिकरणले चीन सरकारका प्रतिनिधि, निर्माण व्यावसायी, राष्ट्रिय खेलकूद परिषद् र युवा तथा खेलकूद मन्त्रालयबीच सहजीकरण गर्दै आएको थियो । रंगशाला पुनर्निर्माणको अन्य काम भने नेपाल सरकारले गरेको हो ।
२०७२ सालको वैशाख १२ गतेको भूकम्पका कारण दशरथ रंगशाला र सातदोबाटोस्थित पौडी पोखरीमा क्षति पुगेको थियो । पुनर्निर्माणपछि दशरथ रंगशालामा खेलकुद प्रतियोगिता आयोजना गर्ने वातावरण तयार भएको हो ।