पुनर्निर्माण अपडेट

पुनर्निर्माणको दोस्रो चौमासिक प्रगति समीक्षा

प्रकाशित मिति: २०७४-१२-१५

काठमाडौं, चैत्र १५
आर्थिक वर्ष २०७४/७५ को दोस्रो चौमासिकभित्र भएको पुनर्निर्माण प्रगतिको समीक्षा भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सभाहलमा भएको समीक्षामा पुनर्निर्माणसँग सम्बन्धित सबै मन्त्रालय तथा सरकारी निकायले यस अवधिमा भएको प्रगति, देखिएका समस्या, चुनौती र तिनको समाधानका बिषय प्रस्तुत गरेका छन् । 
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव नेत्र सुवेदीले दोस्रो चौमासिक अवधिसम्म भएको समग्र कार्यसम्पादन प्रस्तुत गर्नुभयो । त्यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, शिक्षा मन्त्रालयका शहरी विकास मन्त्रालय, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका केन्द्रीय आयोजना कार्यान्वयन इकाइका प्रमखु वा प्रतिनिधिले आ–आफ्नो क्षेत्रको प्रगतिको समीक्षा राख्नुभयो ।
समीक्षा कार्यक्रममा स्वास्थ मन्त्रालयको आयोजना समन्वय इकाइ, वन तथा वातावरण मन्त्रालय, कृषि विभाग, सिंचाइ विभाग, खानेपानी तथा ढल निकास विभाग, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, पुरातत्व विभागका तर्फबाट पनि प्रगति प्रस्तुत गरियो । 
त्यस्तै, सुरक्षा निकायहरु नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरुले आ–आफ्नो निकायको भौतिक संरचनाहरुको पुनर्निर्माणको प्रगति तथा यस आर्थिक वर्षको लक्ष्यबारे जानकारी गराउनुभयो । 
प्रगति विवरणको समीक्षा प्रस्तुतिपछि आफ्नो धारणा राख्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले आ–आफ्नो क्षेत्रको पुनर्निर्माणको कार्यमा प्रतिबद्ध भएर लाग्न सबै निकायलाई आग्रह गर्दै समीक्षामा प्रस्ततु समस्याहरु समाधान गर्न प्राधिकरणले पहल गर्ने आश्वासन दिनु भयो । 
उहाँले भन्नुभयो, “पुनर्निर्माणमा संलग्न सबै निकायले प्राधिकरणसँग सम्बन्धित आआफ्नो क्षेत्रका कार्यको सक्रियतापूर्वक फलोअप गरी दिनु भयो भने कुन प्रक्रिया कहाँ पुगेको छ भन्ने थाहा पाउन र समस्याको गाँठो फुकाउन सजिलो हुन्छ ।’
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव मधु सुदन अधिकारी, कार्यकारी समिति सदस्यहरु डा.चन्द्र बहादुर श्रेष्ठ, धु्रव प्रसाद शर्मा, डा.विष्णु बहादुर भण्डारी, प्राधिकरणका महाशाखा प्रमुखहरुको पनि उपस्थिति थियो । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप