पुनर्निर्माण अपडेट

उत्थानशील पुनर्निर्माण र विकासबारे अभिमुखीकरण

प्रकाशित मिति: २०७७-९-२६

काठमाडौं, पौष २६
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भूकम्पीय आवास पुनर्निर्माण आयोजनाको अगुवाईमा उत्थानशील पुनर्निर्माण र विकास, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा स्थानीय सरकारलाई अभिमुखीकरण गर्ने कार्यक्रम सुरु भएको छ ।
आइतबार काभ्रे जिल्लाका आठवटा स्थानीय सरकारका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विपद् व्यवस्थापन समितका संयोजकलगायतका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा कार्यक्रम सुरु भएको हो ।
अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आगामी दिनमा उत्थानशील संरचनाहरु र समुदायको निर्माण तथा विकासमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहने भएकोले यस प्रकारको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।


ज्ञवालीले पुनर्निर्माणका क्रममा स्थानीय तहको सहभागिता, जिम्मेवारी हस्तान्तरण र सामथ्र्य बृद्धिका लागि पर्याप्त प्रयास गरिएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलले नेपाललले सहमति जनाएको ‘सेण्डाई फ्रेमवर्क’मा विपद् जोखिम न्यूनीकरणमा जोड दिएकोले सोहीअनुसार स्थानीय तहलाई त्यसतर्फ अभिमुख गर्न कार्यक्रम उपयोगी हुने पनि विश्वास व्यक्त गर्नुभयो ।
नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्याञ्जुले उत्थानशील पुनर्निर्माण र विकासमा स्थानीय सरकालाई सामथ्र्यवान बनाउने विषय रणनीतिक रुपमा महत्वपूर्ण भएकोले यस्ता कार्यक्रम उपयोगी हुने धारणा राख्नुभयो ।


अभिमुखीकरण कार्यक्रम भूकम्प प्रभावित ३२ जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीको चरणबद्ध सहभागिता रहनेछ ।
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्यद्धय डा. विष्णुबहादुर भण्डारी र डा. हरिराम पराजुलीको उपस्थिति थियो ।
भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका आयोजना निर्देशक भरत प्रसाद अर्यालको अध्यक्षता भएको उद्घाट कार्यक्रम प्राधिकराणका सहप्रवक्ता मनाहेर घिमिरेले संचालनमा गर्नुभएको हो ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप