पुनर्निर्माण अपडेट

पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी फोटो प्रदर्शनी शुरु

प्रकाशित मिति: २०७५-९-११

काठमाडौं, पुस ११

२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पहरुले पु¥याएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी फोटो प्रदर्शनी काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापनाको तेश्रो वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको तीन दिने फोटो प्रदर्शनको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शुभारम्भ गर्नु भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना, यूरोपियन युनियनको सहयोग र फोटो पत्रकार क्लब, नेपाल (पिजे क्लव) को सहकार्यमा आयोजित यस फोटो प्रर्दशनी पौष १३ गते साँझ ५ बजेसम्म चल्नेछ । 

भूकम्पले पुर्याएको क्षतिको स्मरण, पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी भएका गतिविधि तथा कार्यहरू झल्काउन र ती कार्यबाट प्रभावितहरुले कसरी लाभ लिन सकेका छन् भन्ने देखाउनु यो फोटो प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ ।

प्रदर्शनीको शुभारम्भ गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले फोटो प्रदर्शनीले भूकम्पपछि पुनर्निर्माण र पुनस्र्थापनाका क्षेत्रहरुमा भइरहेका वास्तविक कामहरु जनतासमक्ष पु¥याउन थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

पुनर्निर्माण हुने धरहरा परिसरमा भूकम्प, राहत, उद्धार, पुनर्निर्माण र पुनस्र्थापना सम्बन्धी भएका गतिविधिहरुलाई समेटेर संग्रहालय राख्ने योजना रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले फोटो, भिडियो, अडियो लगायतले नेपालमा भूकम्पछिको अवस्था, पुनर्निर्माण  र पुनस्र्थापना सम्बन्धी ज्ञान र अनुभवलाई भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग पु¥याउने बताउनुभयो । 

फोटो प्रदर्शनी आयोजना गर्न सहयोग पु¥याएकोमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले युरोपियन यूनियन र पिजे क्लव नेपाललाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता प्रदर्शनीहरु आयोजनाका लागि सहयोग गर्न आग्रह गर्नुभयो । 

विभिन्न चार खण्डमा विभाजित प्रदर्शनीमा भूकम्प प्रभावित जिल्लाका गरी करिब १०० वटा फोटोहरु राखिएको छ । 

पहिलो खण्डमा भूकम्पबाट पुगेको क्षति पश्चात्को अवस्थालाई सामना गर्न भूकम्प प्रभावित व्यक्तिले कसरी एक–अर्कालाई सहयोग गरेका थिए भनेर देखाइएको छ । 

दोश्रो खण्डमा भूकम्पपछिको जटिल अवस्थाबाट पुनर्निर्माण र पुनस्र्थापनामा मानिसहरू आएको चरणलाई देखाइएको छ, जसमा निजी आवास पुनर्निर्माण, शैक्षिक संस्था, स्वास्थ्य संस्था, सरकारी भवन, साँस्कृतिक सम्पदा लगायतको पुनर्निर्माण, उत्पादक क्षेत्र, कृषि र पर्यटन क्षेत्रमा भइरहेका पुनर्निर्माण तथा पुनस्र्थापना, विद्युत, यातायात र खानेपानी, सरसफाई लगायतका क्षेत्रमा भएका कार्यहरुलाई समेटिएको छ । 

तेश्रो खण्डमा भूकम्पबाट क्षति पुगेका संरचनाहरूको अवस्था र पुनर्निर्माणपछि तिनीहरूको अवस्था सम्बन्धी करिब दुई दर्जन तस्वीरहरू राखिएका छन् । 

चौथो खण्डमा पुनर्निर्माण र पुनस्र्थापनाका विभिन्न चरणमा भइरहेका कार्य तथा गतिविधिसँग सम्बन्धित डकुमेन्ट्रीहरू प्रदर्शन गरिएको छ । 

यस फोटो प्रर्दशनीको संयोजन प्राधिकरणका तर्फबाट कुलप्रकाश न्यौपाने र पिजे क्लबका बिकास कार्की, अमूल थापा, बिक्रम राई लगायतका प्रतिनिधिहरुले गर्नु भएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप