पुनर्निर्माण अपडेट

केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता

प्रकाशित मिति: २०७६-८-१३

काठमाडौं, मंसिर १३
२०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ ।
प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।
सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गर्नुभयो ।
जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको थियो ।


 

आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताउनुभयो ।
निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँल एक हप्ताभित्र काम सुरु गरिने जानकारी पनि दिनुभयो ।
परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रा.लि., एस.डब्लु. नेपाल प्रा.लि. र पिरामिड डिजाइन एसोसिएट्स प्रा.लि. को जेभी छनौट भएको छ ।
निओ क्लासिकल शैलीको यो भवन सन् १८९५ मा चन्द्र शमशेरले छोरा केशर शमशेरलाई बनाइदिएका थिए । भूकम्प जानुअघि यस भवनमा केशर पुस्तकालय लगायतका विभिन्न कार्यालय रहेका थिए ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप