पुनर्निर्माण अपडेट

भूकम्प प्रभावित क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने: सी ई ओ डा. पोखरेल

प्रकाशित मिति: २०७३-१०-२

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वयमा स्वास्थ्य मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेल र स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीबीच आइतबार भएको बैठकले भूकम्प प्रभावितहरुलाई निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रदान गर्न IOM, KU, NAMS, र पाटन विज्ञान स्वास्थ्य प्रतिष्ठान लगायतसँग सहकार्य गरि विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । 


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. पोखरेलले भूकम्प प्रभावित क्षेत्रमा, जिल्लाका ग्रामीण भेगमा घुम्ती सेवामार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लागेको जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई लक्षित गरि निःशुल्क रुपमा सेवा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयले आइतबारै जिल्ला जनस्वास्थ्य कार्यालय र स्वास्थ्य कार्यालयमा पत्राचार गर्ने निर्णय गरेका छ । स्वास्थ्य मन्त्रालयले सम्बन्धित जनस्वास्थ्य प्रमुख र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखलाई भूकम्पबाट प्रभावित क्षेत्रमा आफ्नो स्रोत साधन परिचालन गरि निःशुल्क रुपमा विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप