पुनर्निर्माण अपडेट

गुणस्तरमा विशेष ध्यान आवश्यक: ज्ञवाली

प्रकाशित मिति: २०७६-४-१२

काठमाडौं,  साउन ९
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहरा पुनर्निर्माणका क्रममा गुणस्तरलाई विशेष ध्यान दिन आवश्यक भएको बताउनु भएको छ । 


धरहरा पुनर्निर्माणको परामर्शदातासँग छलफल गर्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जनतासँग सहकार्य गर्दै सम्पदालाई ख्याल गरेर सुरक्षित र बलियो धरहरा बनाउनमा कुनै सम्झौता नगर्न आग्रह गर्नु भएको हो । 


उहाँले धरहरा पुनर्निर्माण पुनर्निर्माणकै कोसेढुङ्गा हुने भएकाले त्यसको सबै पक्षलाई ध्यान दिएर काम गर्न आग्रह गर्नु भयो । 
केज कन्सल्टका विष्णु पन्थीले धरहराको ऐतिहासिक महत्व रहेको भन्दै आफूहरु प्रतिबद्ध भएर काम गर्ने बताउनु भयो । 
२०७२ बैशाख १२ को भूकम्पबाट ढलेको धरहराको पुनर्निर्माण कार्य जारी छ ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप