पुनर्निर्माण अपडेट

पुनर्निर्मित दुई विद्यालय हस्तान्तरण

प्रकाशित मिति: २०७७-११-२३

काठमाडौं, फागुन २३
अमेरिकी सरकार र अमेरिकी सहयोग नियोग (युएसएड)ले एसियाली विकास बैंकको साझेदारीमा पुनर्निर्माण गरेको काठमाडौंका दुई विद्यालय भवनहरु समुदायलाई हस्तान्तरण गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले तार्केश्वरस्थित नागर्जुन ठूलागाउँ मा.वि. र गोकर्णेश्वर सहयोगी मा.वि.का भवनहरु हस्तान्तरण गर्नुभएको हो ।


हस्तान्तरणका लागि शुक्रबार गोकर्णस्थित सहयोगी माध्यमिक विद्यालयको प्रागणमा एक कार्यक्रम आयोजना गरिएको थियो । सो अवसरमा युएसएडको नेपाल मिसन निर्देशक सेपिध किभान्साद, एसियाली विकास बैंकका प्रमुख कार्यकारी शरद भण्डारीको उपस्थिति थियो ।
हस्तान्तरण कार्यक्रमपछि आफ्नो मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विभिन्न मित्र राष्ट्रहरुको सहयोगमा नानीबाबुहरु सुरक्षित विद्यालयमा प्रवेश गर्न पाएको मात्र नभई नेपालको विद्यालय शिक्षाको गुणस्तर अभिबृद्धि गर्न ठूलो मद्दत मिलेको बताउनुभयो ।  


अमेरिकी राजदूत बेरीले अमेरिकी सरकार बालबालिकाहरुलाई छिटोभन्दा छिटो सुरक्षित विद्यालयभित्र अध्ययन गर्न पाउने वातावरण निर्माण गर्ने प्राथमिकताबारे जानकार रहेको बताउँदै यसले सुरक्षित नेपाल निर्माणमा अमेरिकी जनताको पुरानो र निरन्तर सम्बन्धलाई प्रतिविम्वित गर्ने धारण राख्नुभयो ।
अमेरिकी सरकार र युएसएडले एसियाली विकास बैंकमार्फत् २९ वटा सामुदायिक विद्यालयहरु पुनर्निर्माण गरिरहेको छ । जसमध्ये १७ वटा सम्पन्न भएर हस्तान्तरण भइसकेका छन् भने १२ वटाको पुनर्निर्माण भइरहेको छ ।


दुवै विद्यालयका भवनहरु भूकम्प प्रतिरोधी र अपांगमैत्री छन् । खानेपानी र शौचालय निर्माण गरिएको छ । साथै, विद्यालयलाई आवश्यक पर्ने फर्निचर पनि उपलब्ध गराइएको छ ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप