पुनर्निर्माण अपडेट

यस्तो हुनेछ, पुनर्निर्माणपछिको धरहरा

प्रकाशित मिति: २०७५-९-१२

काठमाडौं, पुस १२

पुनर्निर्माणपछिको धरहरा बाहिरी र भित्री संरचना सहित २२ तलाको हुनेछ । यो धरहरा पुरानोबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिनेछ । पुनर्निर्माण हुने धरहराको स्वरुप क्षतिग्रस्त धरहराको जस्तै हुन्छ । मोटाइ भने पहिलेको भन्दा केही बढी हुनेछ । 

भूकम्पबाट बचेको भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेमले छोपेर राखिने छ । नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाउन भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाउन लागिएको हो ।  

पुनर्निमित धरहराको क्षेत्र अब ४२ रोपनीको हुनेछ । त्यसका लागि नजिकै रहेको गोश्वारा हुलाक कार्यालय हटाउने प्रक्रिया सुरु भइसकेको छ । वाणिज्य बैङ्क रहेको टक्सार भवन पनि भत्काइने छ ।

धरहरा निर्माणसँगै यसको छेउमा अत्याधुनिक ३ तले सवारी पार्किङ स्थल पनि बन्नेछ । हाल कायम रहेको गोश्वारा हुलाक कार्यालय भएको स्थानमा पार्किङ स्थल बनाउने योजना छ । पार्किङ क्षेत्रमाथि मनोरम बगैँचा समेत निर्माण गरिने छ । 

अहिले भएको गोश्वारा हुलाक कार्यालयमा प्रवेशद्वार हुनेछ । प्रवेश गरेपछि त्यहाँबाट दुई तलामुनि गएर लिफ्टबाट माथिल्लो भागमा जान सकिनेछ । पुनर्निर्माणका क्रममा सुन्धाराको धारालाई पनि मर्मत गरिनेछ । त्यसक्रममा यसको पुरातात्विक महत्वलाई कायम राखिनेछ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप