पुनर्निर्माण अपडेट

हरिशंकर मन्दिरको पुनर्निर्माण सम्पन्न

प्रकाशित मिति: २०७६-६-१६

ललितपुर, असोज १६
पाटन दरबार क्षेत्रमा रहेको हरिशंकर मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ । २०७२ सालको भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त भएको मन्दिरको पुनर्निर्माण सम्पन्न भएसँगै सर्वसाधारणका लागि खुल्ला गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समन्वय, जर्मनीको गेर्दा हेन्केल फाउन्डेसन, जर्मन राजदूतावास, जापानी राजदूतावास तथा अस्ष्ट्रियाको युनिभर्सिटी अफ अप्लाइड आर्टसको आर्थिक सहयोगमा काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्टद्वारा पुनर्निर्माण गरिएको हो ।
मन्दिरको पुनर्निर्माण सम्पन्न भएको औपचारिक जानकारी सार्वजनिक गर्न आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, संस्कृतिविद् सत्यमोहन जोशीलगायत सहभागी हुनुभयो ।


सो अवसरमा मन्त्री भट्टराईले पुनर्निर्मित मन्दिर नेपाली सबैको शान भएको उल्लेख गर्दै यसले भ्रमण वर्ष २०२० लाई पनि मद्दत गर्ने विश्वास गर्नुभयो । उहाँले यस्ता मन्दिर पुनर्निर्माणमा संलग्न कालिगढलाई उचित सम्मान गर्न पहल गर्ने आश्वासन पनि दिनुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उपभोक्ता समितिहरुमार्फत् सम्पदा पुनर्निर्माण तुलनात्मक प्रभावकारी देखिएकोले सम्पदा पुनर्निर्माणमा १० करोडसम्मका कार्य यस्ता समितिहरुमार्फत् गर्न पहल गरिएको जानकारी दिनुभयो ।
उहाँले हालै मात्र पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर र काठमाडौं दरबार क्षेत्रमा रहेको आगमछें मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत् गर्न स्वीकृति दिइएको जानकारी पनि दिनुभयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप