पुनर्निर्माण अपडेट

विद्यालय भवन हस्तान्तरण

प्रकाशित मिति: २०७५-८-१९

रामेछाप, मंसीर १८

पुनर्निर्माण सम्पन्न भएको रामेछाप श्री गौरीशंकर माध्यमिक विद्यालयको भवन विद्यालय व्यवस्थापन समिति र रामेछाप नगरपालिकालाई हस्तान्तरण गरिएको छ । युएसएड र एडिबीको सहयोगमा पुनर्निर्माण गरिएको विद्यालयको साँचो केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख इमनारायण श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवित्रा श्रेष्ठ र रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा मगरलाई हस्तान्तरण गर्नु भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले संयुक्त रुपमा उदघाटन गर्नु भएको विद्यालय ११ करोड २८ लाख रुपैयाँको लागतमा पुनर्निर्माण भएको हो । विद्यालयमा ६ सय ७७ विद्यार्थी अध्यनरत छन् ।

हस्तान्तरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पबाट क्षति भएका विद्यालयहरुको पुनर्निर्माण सम्पन भएकोमा खुशी व्यक्त गर्दै पुनर्निर्माणमा संलग्न सबैलाई धन्यवाद दिनु भयो । उहाँले पूर्वाधार तयार भएसँगै शिक्षाको गुणस्तरमा ध्यान दिन आग्रह गर्नुभयो ।

नेपालका लागि अमेरीकी राजदूत बेरीले अमेरिकी सरकार, नेपाल सरकार र स्थानीय समुदाय मिलेर सुरक्षित नयाँ विद्यालय बनाउन पाउँदा आफू गौरवान्वित भएको बताउँदै आगामी दिनमा देशका लागि आवश्यक थप जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास गर्नभयो ।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)का प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट क्षति भएका ४ हजार विद्याययको पुनर्निर्माण गरिसकेको, २५ सय विद्यालय पुनर्निर्माणको क्रममा रहेको जानकारी दिँदै आगामी वर्ष समस्या नभएका सबै ठाउँमा विद्यालय पुनर्निर्माण सम्पन्न गर्ने बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक निरबहादुर कार्कीले भूकम्पले ठूलो क्षति  पुर्याए पनि त्यसलाई अवसरका रुपमा लिएर विद्यालयको पुनर्निर्माणलाई अघि बढाएको जानकारी दिनुभयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप