पुनर्निर्माण अपडेट

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो प्रगति सह्रानीय : दाहाल

प्रकाशित मिति: २०७५-९-२५

चितवन, पुस २४

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पछिल्लो समयमा गरेको प्रगति सह्रानीय भएको बताउनु भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चितवनमा आयोजना गरेको चितवन जिल्ला पुनर्निर्माण समन्वय समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले सो कुरा बताउनु भएको हो ।

पुनर्निर्माणको कार्यलाई तोकिएको समयमै सम्पन्न गर्ने गरी प्राधिकरणले स्थानीय तहहरुलाई निजी आवास, विद्यालय, एकीकृत बस्ती विकास, गुनासो सम्बोधन लगायतका क्षेत्रको पुनर्निर्माणको जिम्मेवारी,  अधिकार र स्रोत साधन हस्तान्तरण गर्ने गरी लिएको निर्णय र सो अनुरुप स्थानीय तहसँग गरिएको सम्झौता अत्यन्त सकारात्मक कदम भएको उहाँको भनाइ थियो ।

तीनै तहका जनप्रतिनिधिहरु एकै ठाउँमा बसी पुनर्निर्माणका सन्दर्भमा जिल्लामा रहेका समस्याहरुको पहिचान गर्ने र जिल्ला तहमै समाधानको पहलकदमी लिने तथा समग्र पुनर्निर्माणका कार्यहरुको समन्वय एवं अनुगमन गर्ने व्यवस्था सहित पुनर्निर्माण जिल्ला समन्वय समितिलाई कृयाशील गराएकोमा उहाँले प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई विशेष धन्यवाद दिनुभयो ।

विगतमा समयमा के भयो भन्नेबारे चिन्ता नलिन आग्रह गर्दै अध्यक्ष दाहालले अब सबै मिलेर काम अघि बढाउन जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी लगायतका सबै राजनीतिक पार्टीहरुसँग आपसमा मिली विकास र समृद्धिको कार्यमा अघि बढ्ने सन्दर्भमा छलफल भइरहेको जानकारी पनि दिनुभयो ।

भूकम्प पश्चातको पुनर्निर्माण सम्बन्धी ऐेनको दफा २५ ले पुनर्निर्माण सम्बन्धी कार्यको समन्वय तथा अनुगमन गर्नका लागि संघीय संसदका सदस्यहरुको अध्यक्षतामा पुनर्निर्माण जिल्ला समन्वय समितिको व्यवस्था गरेको भएता पनि चितवन जिल्लामा २०७५ साल पुस २४ गते पहिलो पटक बैठक बसेको हो ।

बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले चितवन जिल्लामा रहेका ऐलानी, पर्ती जग्गामा रहेका तथाभूमिहीन भूकम्प पीडित लाभग्राहीको समस्या समाधान लगायत विद्यालय, एकीकृत बस्ती, बस्ती स्थानान्तरण, स्वास्थ्य चौकीहरुको पुनर्निर्माण सम्बन्धमा जनप्रतिनिधिहरुले राखेका जिज्ञासाहरुबारे प्रष्ट पार्नु भएको थियो ।

बैठकमा प्राधिकरणका जिल्ला आयोजना कार्यान्वयन इकाईहरुले चितवन जिल्लामा भएका पुनर्निर्माण सम्बन्धी कार्यहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

फोटा सौजन्यः अनलाइनखबर डट कम 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप