पुनर्निर्माण अपडेट

सिंहदरबार, धरहरा र रानीपोखरीको अवलोकन

प्रकाशित मिति: २०७६-५-२९

काठमाडौं, भदौ २९
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले आइतबार अपरान्ह सिंहदरबार, धरहरा र रानीपोखरीको अवलोकन गर्नुभयो ।


सिंहदरबारको उत्तर, पूर्व र दक्षिण भागमा प्रबलीकरणको काम भइरहेको छ । प्रबलीकरण आगामी चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य छ ।
त्यसैगरी, धरहरा टावरको माथिल्लो बेसमेन्टमा काम भइरहेको छ भने पहिले हुलाक कार्यालय रहेको भवनहरु भत्काइँदै छ । स्थानीय जनताको सहजताका लागि तेबहालबाट टुँडिखेल निस्कने नयाँ बाटो पनि खोलिएको छ ।


रानीपोखरी र पोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिरको पनि पुनर्निर्माण जारी छ । प्रताप मल्लकालीन शैलीमा मन्दिर पुनर्निर्माण गरिँदैछ ।

 
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिन निर्माण व्यवसायी र उपभोक्ता समितिलाई निर्देशन दिनु भएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप