पुनर्निर्माण अपडेट

निजी आवास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति: प्राधिकरण

प्रकाशित मिति: २०७७-१-१०

काठमाडौँवैशाख १०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी अावास पुनर्निर्माणमा ८८ प्रतिशत प्रगति भएकाे बताएकाे छ । प्राधिकरणले ४ लाख ९४ हजार ४४ अर्थात ६३ प्रतिशत लाभग्राहीकाे निजी आवास पुनर्निमाण सम्पन्न भएकाे र थप १ लाख ९० हजार १ सय ४५ अर्थात २५ प्रतिशत लाभग्राही निजी आवास पुनर्निमाणकाे चरणमा रहेकाे सहित समग्रमा ८८ प्रतिशत भएकाे जानकारी गराएकाे हाे । 

 

२०७२ साल बैशाख १२ गते भूकम्प गएकाे ५ वर्ष पूरा हुन दुइ दिन अघि प्रेस  विज्ञप्ति जारी गरी प्राधिकरणले अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणीकरण गिरएका लाभग्राहीकाे  सङ्ख्या ५ लाख ६१ हजार ६ सय ५० अर्थात ७२ प्रतिशत पुगेकाे जनाएकाे छ । निजी आवास पुनर्निमाणका क्रममा किरव ५ लाख गुनासाे सम्बाेधन भएकाे र प्राधिकरणबाट भएकाे गुनासाे सुनुवाइमा पनि  चित्त नबुझ्नेहरूका लागि पुनरावेदन समितिमार्पफत समस्या समाधान गर्ने ब्यवस्था मिलाइएकाे प्राधिकरणकाे भनाइ छ । प्राधिकरणका अनुसार भूकम्पबाट क्षतिग्रस्त कुल ७ हजार ५ सय ७३  विद्यालयकाे पुननिर्माण समपन्न भएकाे छ ।  १ हजार ४ सय ९२ प्रतिशत विद्यालय पुनर्निमाणको क्रममा छन् ।  

 

 यस्तै ३२ जिल्लाका  सय २० वटा सम्पदामध्ये  सय  वटा सम्पदाको पुनर्निर्माण सम्पन्न भएको छ भने  सय ४१ वटा सम्पदा पुनर्निर्माणको चरणमा छन् । काठमाडाैँ उपत्यका भित्रका  विश्व   सम्पदा क्षेत्रका क्षतिग्रस्त १ सय ७०  वटा सम्पदामध्ये १ सय १  अर्थात ५९ प्रतिशत सम्पन्न भएका छन् भने बाँकी ५४ वटा अर्थात ३२ प्रतिशत पुनर्निमाणकाे क्रममा छन् ।

 

कुल १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये  सय ६९ वटा स्वास्थ्य संस्थाकाे पुनर्निमाण सकिएकाे छ भने १ सय ४५ वटा पुनर्निमाणकाे चरणामा छन् । सम्पन्न भएका र पुनर्निमाण भइरहेका गरी स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति हासिल भएकाे छ । 

 

कुल  सय १५ सरकारी भवनमध्ये  सय ४९ वटा अर्थात ८४ प्रतिशत सरकारी भवनको पुनर्निर्माण सम्पन्न भइसकेको   ४९ वटा पुनर्निर्माणको चरणमा छन्  तीमध्ये धेरै सम्पन्न हुने चरणमा छन् 

पुनर्निर्माण अन्तर्गत सुरक्षा निकायका  सय ९४ वटा संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको  भने २२ वटा पुनर्निर्माणको चरणमा छन् । भुकम्प पछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्य ४ हजार २ सय ४ लाभग्राहीलाइ सुरक्षित अावासकालागि जग्गा व्यवस्था मिलाइएकाे र ८ हजार  सय ४४ भूमिहीन तथा सुकुम्बासी लाभग्राहीलाइ जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्वारा जग्गा उपलब्ध गराई निजी आवास पुनर्निमाण गर्ने वातावरण मिलाइएकाे प्राधिकरणले जनाएकाे छ ।  

    

प्राधिकरणका अनुसार ४३ वटा एकीकृत बस्तीको योजना स्वीकृत भएको  भने  वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको २७ वटाको डिपिआर स्वीकृत भई निर्माणाधीन छन्  यसरी कुल ७९ वटा एकीकृत बस्ती पुनर्निर्माणको प्रक्रियामा छन्   पुनर्निमाणका क्रममा विभिन्न जिल्लामा ७ सय ६२ कि.मि सडककाे पुनर्निमाण  गर्नुपर्नेमा ४ सय ४३ कि.मि सडककाे पुनर्निमाण समपन्न भइसकेकाे छ भने बाँकी ३ सय १९ कि.मि सडककाे पुनर्निमाण अन्तिम चरणमा छ ।

खानेपानी विभागमार्फत १ हजार वटा खानेपानी याेजना सम्पन्न भएका छन् भने १ सय वटा खानेपानी याेजना कार्यान्वयनका चरणमा छन्र । पुनर्निमाणका क्रममा हालसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रूपैँया र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रूपैँया गरी ३ खर्ब ८१ अर्ब रूपैँया खर्च भएकाे छ । धेरै क्षेत्रबाट प्राप्त सहयाेग र सद्भावले गर्दा नै हामी नेपालकाे पुनर्निमाण र पुर्नस्थापनाबारे अात्मविश्वाश र गाैरवका साथ प्राप्त उपलब्धि, अनुभव र सिकाइलाइ  विश्वसामु राख्ने तहमा अाइपुगेका हाैँ । 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भन्नुभयो-

यस अवसरमा म तीनै तहका सरकार, विभिन्न सामाजिक एंव व्यवसायिक सङ्घ संस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरसरकारी संस्था, कर्मचारी, स्थानीय समुदाय, अामजनता एवं मिडियालगायत पुनर्निमाण कार्यमा प्रत्यक्ष एंव अप्रत्यक्षरूपमा सहयाेग पुर्याउनुहुने सबैलाइ हार्दिक धन्यवाद  दिन चाहन्छु । प्राधिकरणले साढे ४ वर्षका बीचमा राजनीतिक अस्थिरता, दक्षिणी सीमामा भएकाे नाकाबन्दी, जनशक्ति र  वित्तिय स्राेतकाे अभाव, भाैगाेिलक विकटता, सङ्घीयता कार्यानवयनकाे सङ्क्रमणकालीन अवस्था, तीन तहका सरकारकाे निर्वाचनमा केन्द्रित हुनुपरेकाे अवस्था, कर्मचारी समायाेजन जस्ता समस्या तगा चुनाैती सामना गर्दै पुनर्निमाण र पुनर्स्थापनामा उपलब्धिहरू हासिल गरेकाे दाबी गरेकाे छ । 

 

'सबै क्षेत्रमा स्थिति सहज भएको भए पुनर्निर्माण  पुनर्स्थापनामा यो भन्दा अझ धेरै उपलब्धि हासिल गर्न सक्थ्यौँ तर त्यो विगत भइसकेको '- 

प्रेस विज्ञप्तिमा उल्लेख  

यतिबेला कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारीले विश्वव्यापीरूपमा प्रभाव पारेको  नेपालमा पनी एक महिना देखि लकडाउन  जारी रहेको उल्लेख गर्दै   प्राधिकरणले  त्यसले गर्दा पुनर्निर्माणका कार्यमा असर परेको बताएको  

विज्ञप्तिमा अगाडि भनिएको -
पुनर्निर्माण  पुनर्स्थापनाका क्षेत्रमा द्रुत गतिमा काम जारी रहेका बेला कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सिर्जित नयाँ खालकाे परिस्थितिले पुनर्निमाण र पुनर्स्थापनाका कार्य गम्भीररूपमा प्रभावित भएका छन् । मानिसको जीवन रक्षाका सामु अरू विषय गौण बनेका छन्  स्थिति सहज हुुनासाथ पूर्ववत् अवस्थामा नै पुनर्निमाणका कार्य हुनेछन् । प्राधिकरणका अनुसार आवश्यक वित्तीय स्रोतको व्यवस्थापन, पहिलो किस्ता लिई अझै पनि घर पुनर्निर्माण सुरु नगरेकालाई घर पुनर्निमाण गर्ने वातावरण सिर्जना, जीविकाेपार्जनका थप कार्यक्रम सञ्चालन गरी जनतालाई आर्थिकरूपले सम्पन्न बनाउने कार्य, तल्लाे तहमा व्यवहारिक रूपमा देखापरेका समस्या समाधानलगायतका समस्या तथा चुनाैती त पहिले पनि थिए । काेराेनाले पारेकाे  प्रभावले पुनर्निमाण र पुनर्स्थापनाका काम समपन्न गर्न चुनाैती थपिदिएकाे छ । 

भुकम्प स्वयंले भन्दा पनि मानव निर्मित कमजाेर भाैतिक संरचनाले क्षति पुर्याउने कुरा हामीले २०७२ सालकाे भूकम्पका कारणा बुझिसकेका छाैँ । पछिल्लाे समयमा भूकम्प प्रतिराेधी संरचनाहरू बनाउनुपर्छ भन्ने चेतनाकाे स्तर निकै बढेकाे छ । सुरक्षित नेपालकाे सपना साकार पार्न नेपालभर नै पुराना कमजाेर संरचनाहरूकाे प्रबलीकरण गर्दै नयाँ बन्रे  सबै संरचना भूकम्प प्रतिराेधी बनाउने कार्यलाइ तीव्रता  दिन जरूरी छ, प्रेस विज्ञप्तिमा उल्लेख छ । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप