पुनर्निर्माण अपडेट

नमूना बस्तीको ढुंगा छापिएको बाटो हस्तान्तरण

प्रकाशित मिति: २०७७-९-१९

काभ्रेपलाञ्चोक, पुस १७
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ स्थित पिपलचौर नमूना बस्तीको मूल बाटोमा ढुंगा छाप्ने कार्य सम्पन्न भएपछि समुदायलाई हस्तान्तरण गरिएको छ ।
८० घरधुरी भएको पिपलचौर नमूना बस्तीमा ढुंगा छाप्ने कार्य सम्पन्न भएपछि प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले समुदायलाई हस्तान्तरण गर्नु भएको हो ।


नेवार समुदायको बसोबार भएको उक्त बस्तीको बाटो हस्तान्तरण कार्यक्रममा मन्तव्य राख्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बस्तीको मौलिक शैली कायम राखी होमस्टेलगायतका कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो ।
प्राधिकरणको १ करोड ३२ लाख अनुदान र करिब ३४ लाखको जनश्रमदानबाट पाँच सय मिटर लम्बाई र २० फुट चौढाईको बाटोमा ढुंगा छापिएको हो ।


कार्यक्रममा यसअघि केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) को नेतृत्व गर्नुभएका र हाल अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना निर्देशक नवराज प्याकुरेलले ढुंगा छापेपछि बस्ती थप आकर्षक बनेको बताउनुभयो ।


नमूना बस्ती उपभोक्ता समितिका अध्यक्ष मोहन दास श्रेष्ठले एकीकृत रुपमा बसेको ऐतिहासिक बस्तीलाई सुधार गर्न सहयोग गरेकोमा प्राधिकरणलाई धन्यवाद दिनुभयो ।  

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप