पुनर्निर्माण अपडेट

बेलायती सांसदहरुको टोलीसँग छलफल

प्रकाशित मिति: २०७५-१-२६

काठमाडौं, बैशााख २६

नेपाल भ्रमणमा रहेको बेलायती सांसदहरुको टोलीसँग राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसाल तथा अन्य उच्च अधिकारीहरुले छलफल तथा अन्तरक्रिया गर्नु भएको छ ।

बेलायती संसदका सदस्य नाइजल इभान्सको नेतृत्वको सात सदस्यीय संसदीय टोलीसँग प्राधिकरणका अधिकारीहरुले भूकम्पपछिको पुनर्निर्माणका विभिन्न पक्षबारे अन्तरक्रिया गर्नु भएको हो । 

बेलायती सांसदहरुले छलफलका क्रममा पुनर्निर्माणमा बैदेशिक सहायतको अवस्था तथा परिचालन, पुरातात्विक सम्पदाको पुनर्निर्माण तथा भूकम्प प्रभावितहरुको गुनासो सम्बोधनको प्रक्रिया बारे जिज्ञासा राख्नुभयो । त्यसैगरी, उहाँहरुले पुनर्निर्माण गर्ने घरको मापदण्ड, पुनर्निर्माणमा देशबाहिर रहेका नेपालीहरुको योगदान आदिबारे पनि जिज्ञासा राख्नु भएको थियो । 

प्रमुख कार्यकारी अधिकृत भूसाल पुनर्निर्माणको पछिल्लो अवस्था, पुनर्निर्माणबाट प्राप्त सिकाइ तथा त्यस क्रममा देखिएका चुनौती बारे जानकारी गराउनु हुँदै नेपालमा पुनर्निर्माणमा बेलायत सरकार तथा बेलायती जनताले गरेको सहयोगका लागि आभार व्यक्त गर्नुभयो ।  

अन्तरक्रियामा प्राधिकरणका प्रवक्ता यम लाल भूसाल र सहप्रवक्ता डा.भीष्मकुमार भूसालको पनि सहभागिता थियो । 

बेलायती सांसदहरुको टोली नेपालको संघीय संसदको निमन्त्रणामा बैशाख २३ गते नेपालको सद्भावना भ्रमणमा आएको हो । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप