पुनर्निर्माण अपडेट

सहसचिवको न्यौपानेको बिदाई

प्रकाशित मिति: २०७७-१-१४

काठमाडौं, बैशाख १४
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत सहसचिव श्री भिष्म प्रसाद न्यौपानेको  बिदाई गरिएको छ ।
उमेर हदका कारण २०७७ बैशाख १५ देखि अनिवार्य अवकाश पाउन लागेकाले आज उहाँलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा आयोजित कार्यक्रममा सचिव रामकृष्ण सापकोटाले  बिदाई गर्नु भयो ।
बिदाई कार्यक्रममा सचिव सापकोटाले निजामति सेवामा उहाँले पुर्याएको योगदानको स्मरण गर्दै धन्यवाद दिनु भयो । सेवामा रहँदा आफूले सिकेका कुराहरु अवकाश पश्चातको समयमा मुलुकका लागि निरन्तर सेवा पुर्याउन अनुरोध गर्दै सेवा निवृत्त जीवन सुखमय रहोस् भनी शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्राधिकरणका सहसचिव र अन्य कर्मचारीहरुको उपस्थिति थियो ।
सहसचिव न्यौपाने निजामती सेवामा विक्रम सम्बत २०३९ सालमा प्रवेश गर्नुभएको थियो। 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप