पुनर्निर्माण अपडेट

तीनवटा विद्यालय पुनर्निर्माणको शिलान्यास

प्रकाशित मिति: २०७७-९-४

पाल्पा, पौष २
साउदी फण्ड फर डेभलप्मेन्ट प्रोजेक्टको ऋण सहयोगमा पुनर्निर्माण हुने तीनवटा विद्यालय भवनहरुको शिलान्यास भएको छ ।
राष्टिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाल्पा, रामपुर नगरपालिका ७ मा पुनर्निर्माण हुने श्री आधारभूत माध्यमिक विद्यालयको नौ कोठे भवनको पौष २९ गते शिलान्यास गर्नुभयो । शौचालय र खानेपानी सुविधासहित निर्माण हुने भवनको निर्माणका लागि निर्माण कम्पनी न्यू टेक्निकलले भ्याटबाहेक २ करोड ९ लाख रुपैयाँमा ठेक्का कबुल गरेको छ ।

हाल यस  विद्यालयमा चार सय ४० विद्यार्थी अध्ययनरत छन् ।


प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले सोही दिन रामपुर नगरपालिकाकै वडा नं. ६ मा पुनर्निर्माण हुने श्री नवदुर्गा माध्यमिक विद्यालयको कक्षाकोठा रहने भवनको पनि शिलान्यास गर्नुभयो । भ्याटबाहेक दुई करोड १९ लाखमा पुनर्निर्माण हुने भवनमा १२ कोठा हुनेछन् ।
यस विद्यालयमा करिब ३५० विद्यार्थी अध्ययनरत् छन् ।


त्यसैगरी, रिब्दीकोट गाउँपालिका ५ मा पुनर्निर्माण हुने श्री भवानी माध्यमिक विद्यालयको शौचालय, खानेपानीसहितका १२ कोठे विद्यालय भवनको पनि शिलान्यास भएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवाली र पाल्पा २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसद सोमप्रसाद पाण्डेले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
ती कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा, आयोजना उपनिर्देशक डा.युवराज पौडेल, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख लक्ष्मण देवकोटालगायतका उपस्थिति थियो ।
साउदी फण्ड फर डेभलप्मेन्ट प्रोजेक्टअन्तर्गत पाल्पामा चारवटा विद्यालय पुनर्निर्माण हुँदैछन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप