पुनर्निर्माण अपडेट

अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन

प्रकाशित मिति: २०७६-४-१२

काभ्रे, साउन ८
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विद्यालय पुनर्निर्माणका क्रममा अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिनु भएको छ ।
पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) द्वारा काभ्रेको धुलिखेलमा आयोजित समीक्षा तथा प्रबोधीकरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विद्यालय पुनर्निर्माण राम्रोसँग अघि बढेको भन्दै नियमित रुपमा अनुगमन गरेर सामग्रीको गुणस्तर र त्यसको सुरक्षा लगायतका पक्षलाई सुनिश्चित गर्न निर्देशन दिनु भयो । 

उहाँले विद्यालय पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आवश्यक भएको भन्दै विभिन्न कारण देखाएर समय नथप्न पनि निर्देशन दिनु भयो । 

राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव शिवहरि शर्माले पुनर्निर्माण हुन बाँकी रहेका ठाउँमा भौगोलिकता अनुसारका ढाँचा बनाएर विद्यालय पुनर्निर्माण गर्न आवश्यक भएको बताउनुभयो । उहाँले सबै पक्षसँग सहकार्य र समन्वय गरी विद्यालय पुनर्निर्माणको कार्य अघि बढाउन सुझाव दिनु भयो । 

केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९शिक्षा० का आयोजना प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट क्षति भएकामध्ये साउन ८ गतेसम्म ४७ सय विद्यालयको पुनर्निर्माण कार्य सम्पन्न भएको, २ हजार विद्यालय पुनर्निर्माणको क्रममा रहेको र ५ सय विद्यालयको पुनर्निर्माण चालू आर्थिक वर्षमा हुने जानकारी दिनुभयो ।
उहाँले जग्गा अभाव रहेकाले ३ सय ५० वटा विद्यालय पुनर्निर्माणमा समस्या परेको बताउनुभयो । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप