पुनर्निर्माण अपडेट

दोस्रो चौमासिक समीक्षा सम्पन्न

प्रकाशित मिति: २०७५-१२-२४

काठमाडौं, चैत्र २४
पुनर्निर्माणको क्षेत्रमा चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासमा भएका कार्यहरुको प्रगति समीक्षा गरिएको छ । 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सभाहलमा भएको कार्यक्रममा चालु आर्थिक वर्षको मंसिरदेखि फागुनसम्म निजी आवास निर्माणको अनुदान वितरण, निजी आवास पुनर्निर्माणलगायत शैक्षिक, स्वास्थ, सरकारी, पुरातात्विक तथा सुरक्षा संरचना पुनर्निर्माणको भौतिक तथा वित्तीय प्रगतिका साथै यस अवधिमा देखिएका चुनौतीहरुको समीक्षा गरिएको हो ।
समीक्षा कार्यक्रममा उठेका विभिन्न सवालहरुको सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, सचिव अर्जुन कुमार कार्की र कार्यकारी समिति सदस्य धु्रव प्रसाद शर्माले पुनर्निर्माणका कार्यहरु योजनाबद्ध रुपमा अघि बढेको धारणा राख्नुभयो । उहाँहरुले चालु आर्थिक वर्षका लागि तोकिएका लक्ष्य प्राप्त गर्न पहलहरु अझ केन्द्रित गर्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा प्राधिकरणका सहसचिव पिताम्बर घिमिरेले पुनर्निर्माणका समग्र क्षेत्रमा दोस्रो चौमासमा भएको पुनर्निर्माणको समग्र अवस्थाबारे प्रस्तुतीकरण गर्नु भयो । 
त्यसैगरी, समीक्षा कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेल, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) का आयोजना निर्देशक गणेशराज वस्ती, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक इमनारायण श्रेष्ठले आ–आफ्नो आयोजनाको अवस्थाबारे जानकारी गराउनु भएको थियो । 
पुरातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले पुरातात्विक तथा साँस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको अवस्थाबारे प्रस्तुति राख्नुभयो । नेपाली प्रहरीका प्रहरी उपरीक्षक ई. भक्त बहादुर बम र सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक मिलन मान मास्केले आ–आफ्नो संगठनका संरचनाहरुको पुनर्निर्माणको बारेमा जानकारी गराउनुभएको थियो । 
सडक विभाग अन्तर्गत एसियाली विकास बैंकको सहयोगमा सडक पुनर्निर्माण आयोजनाका उपनिर्देशक सुरेश पौडेलले आयोजना अन्तर्गतका सडक पुनर्निर्माणको पछिल्लो अवस्थाबारे अवगत गराउनु भयो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप