पुनर्निर्माण अपडेट

भैरवनाथ मन्दिरस्थित दरबारको पुनर्निर्माण अन्तिम चरणमा

प्रकाशित मिति: २०७७-७-२०

 

तानसेन, कार्तिक २०
पाल्पाको चर्चित भैरवनाथ मन्दिरसँगै जोडिएको दरबारको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । सोही परिसरमा रहेको भान्सा घरको भने पुनर्निर्माण भइसकेको छ ।
मूल मन्दिरको भने तिहारपछि पुनर्निर्माण सुरु हुनेछ । भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीका अनुसार भैरवनाथ मन्दिर पुनर्निर्माणका लागि बहुबर्षीय ठेक्का लागिसकेको छ ।
राष्टिय पुनर्निर्माण प्राधिकरणले पुरातत्व विभागमार्फत् मन्दिरको पुनर्निर्माण गरिरहेको छ । मूल मन्दिर तथा दरबारको पुनर्निर्माणका लागि ४ करोड ३४ लाख बजेट बिनियोजन भएको थियो । त्यस्तै भान्सा घरका लागि अलग्गै ५० लाख छुट्याइएको थियो ।


यसअघि, पहिलो चरणमा मन्दिरसँग जोडिएका उत्तर, पूर्व र दक्षिणी भागका सत्तलहरुको पुनर्निर्माण भइसकेको छ । दोस्रो चरणमा दरबार र मन्दिरको मूल भागको काम हुँदै छ भने तेस्रो चरणको भान्छा घरको पुनर्निर्माण भएको हो ।
चौथो चरणमा पुजारी घरको निर्माण हुनेछ जसका लागि बजेट विनियोजन भइसकेको छ । त्यसैगरी, समग्र मन्दिर क्षेत्रको गुरुयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।
पाल्पा, रिब्दिकोट–४ स्थित यो मन्दिर पाल्पाली राजा मणि मुकुन्द सेनले स्थापना गरेका थिए । सदरमुकाम तानसेनबाट झण्डै ९ किलोमिटर दूरीमा रहेको यो मन्दिर पिठोबाट बनेका ठूला रोटीहरु चढाइने विशेषताका लागि पनि चर्चित छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप