पुनर्निर्माण अपडेट

संसदीय उपसमितिद्वारा धरहरा र रानीपोखरी अनुगमन

प्रकाशित मिति: २०७७-३-१४

काठमाडौं, असार १४
प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिका सांसदहरुले शुक्रबार पुनर्निर्माण भइरहेका धरहरा र रानीपोखरीको अध्ययन तथा अवलोकन गर्नुभएको छ । विश्व सम्पदा सूचीकृत साँस्कृतिक क्षेत्र अध्ययन तथा अनुगमन उपसमितिमा रहनु भएका माननीय सांसदहरुले ती क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिनुभएको हो ।
त्यसक्रममा सांसदहरुले कोरोना महामारी नियन्त्रणका लागि जारी लकडाउनले ती सम्पदाको पुनर्निर्माणमा पारेको प्रभावबारे जिज्ञासा राख्नुभएको थियो । सांसदहरुले यसअघि तोकिएको समयमै सम्पन्न गर्न संसदीय उपसमितिले गर्नसक्ने सहजीकरणका लागि आश्वासन पनि दिनु भयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर ध्रुव पौडेलले लकडाउनमा घर गएका सिपालु जनशक्तिलाई धरहरा निर्माणस्थलमा ल्याउन पहल भइरहेको जानकारी दिंदै त्यसमा सहजीकरण गर्न आग्रह गर्नु भयो । उहाँले लकडाउनअघि काम गरिरहेका करिब २५० मजदुरमध्ये करिब एक सय जनालाई ल्याउन सके काम अघि बढ्ने पनि जानकारी दिनु भयो ।
अनुगमनका लागि अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला (खरेल), उपसमिति संयोजक सुजिता शाक्य, सदस्यहरु उमा रेग्मी, नारद कुमारी राना, बोधमाया कुमारी यादव, सरला कुमारी यादव धरहरा र रानीपोखरी पुग्नुभएको हो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप