ReconstructionUpdate

  • This website is under maintenance |

युरोपेली कमिसनका महानिर्देशकद्वारा प्राधिकरण सिइओसँग भेटवार्ता

प्रकाशित मिति: २०७५-२-१७

काठमाडौं, जेठ १६

युरोपेली कमिसनको अन्तर्राष्ट्रिय सहयोग तथा विकास महानिर्देशक इयान क्रिष्टोफ भिरियुले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग भेटवार्ता गर्नुभएको छ ।बुधबार प्राधिकरण कार्यालय आउनु भएका महानिर्देशक भिरियुले पुनर्निर्माणको वर्तमान अवस्था खासगरी विद्यालय पुनर्निर्माण तथा युरोपेली युनियनबाट भएका सहयोगहरुका बारेमा जिज्ञासा राख्नुभयो । दक्षिण तथा दक्षिणपूर्वी एसिया विकास समन्वयका प्रशासकसमेत रहनुभएका क्रिष्टोफले मंगलबार अर्थमन्त्रीद्वारा प्रस्तुत बजेटमा पुनर्निर्माणलाई कसरी सम्बोधन गरिएको छ भन्ने प्रश्न पनि राख्नुभएको थियो ।

प्रमुख कार्यकारी अधिकृत भूसालले भूकम्पबाट क्षति भएका ७,५५३ विद्यालयमध्ये ३,६३६ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको र १,७१९ विद्यालयको पुनर्निर्माण भइरहेको जानकारी गराउनुभयो ।उहाँले मंगलबार जारी वक्तव्यमा प्राधिकरणलाई छुट्याएको बजेटका बारेमा जानकारी दिंदै बजेटमा निर्दिष्ट गरिएअनुसार आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गर्न प्राधिकरण दत्तचित्त भएर लागिपरेको पनि उल्लेख गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत भूसालले पुनर्निर्माणमा युरोपेली युनियनले पु¥याएको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने धारणा व्यक्त गर्नुभयो ।भेटमा नेपालका लागि युरोपेली युनियनको प्रतिनिधिमण्डलको हेड अफ कोअपरेसनका प्रथम काउन्सेलर अनडे«थाज् रोटगर, प्राधिकरणका सहसचिव कृष्ण प्रसाद दवाडी र उपसचिव चिरञ्जिवी रानाको पनि उपस्थिति थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप