पुनर्निर्माण अपडेट

सिइओ ज्ञवाली जापान प्रस्थान

प्रकाशित मिति: २०७६-७-२१

काठमाडौं, कार्तिक २०

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली जापान प्रस्थान गर्नु भएको छ । विपद् व्यवस्थापन तथा न्यूनीकरण सम्बन्धी 'वल्ड बोसाइ फोरम'मा भाग लिन उहाँ जापान जानु भएको हो ।

फोरममा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा नेपालले हासिल गरेको उपलब्धी, त्यसमा देखा परेका चुनौती, सिकाइ लगायतलाई समेटेर सम्बोधन गर्नु हुनेछ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भन्नु भयो-'उद्धार, राहत र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायले हामीलाई आर्थिक सहयोग गरे । अब हामी पुनर्निर्माणमा नेपालले हासिल गरेको अनुभव र ज्ञान अन्तराष्ट्रिय समुदायलाई बाँड्दैछौं, जसबाट उनीहरुले पनि फाइदा लिन सक्नेछन्।'

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीसँगै कार्यकारी समिति सदस्य डा. हरिराम पराजुली पनि जापान जानु भएको छ । उहाँहरुले जापान सहयोग नियोग (जाइका)का पदाधिकारीहरुसँग भेटघाट गर्नु हुने पनि कार्यक्रम छ ।

भूकम्पपछि नेपालले काठमाडौंमा आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा जापानले २६ अर्ब रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो । त्यसमध्ये २४ अर्ब रुपैयाँको सहमति भइ निजी आवास, स्वास्थ्य संस्था, शैक्षिक संस्था, पुल लगायतमा पुनर्निर्माण कार्य जारी छ । एसियाली विकास बैंकसँगको साझेदारीमा समेत जाइकाले नेपालमा पुनर्निर्माणका कार्य गरिराखेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवाली र कार्यकारी सदस्य डा.पराजुली कार्तिक २७ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप