पुनर्निर्माण अपडेट

सहुलियतपूर्ण ऋणसम्बन्धी सचेतना कार्यक्रम

प्रकाशित मिति: २०७६-३-२०

गोरखा
२०७२ को भूकम्पबाट घर गुमाएका लाभग्राहीहरूलाई लक्षित गरेर ल्याइएको सहुलियतपूर्ण ऋणसम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ । असार १६, १७ र १८ गते क्रमशः गोरखा नगरपालिका, शहिद लखन गाउँपालिका तथा पालुङटार नगरपालिकामा यस्तो सचेतना कार्यक्रम गरिएको हो । 
कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको वैदेशिक सहायता समन्वय शाखाका प्रमुख दिव्यराज पोख्रेलले सरकारले अनुदान सम्झौता गरेर तथा पहिलो किस्ता लिएर घर बनाउन नसकेका भूकम्पपीडितलाई व्यवस्था गरिएको सहुलियतपूर्ण ऋणको सैद्धान्तिक पक्षबारे बताउनुभएको थियो । “आर्थिक अभावका कारण घर निर्माण सुरु गर्न नसकेका लाभग्राहीलाई लक्षित गरेर सहुलियत व्याजमा ३ लाखसम्म ऋण लिन पाउने व्यवस्था गरिएको हो ।”
प्राधिकरणकी बैङ्किङ समन्वय विशेषज्ञ नमिता पौडेलले सहुलियतपूर्ण ऋण लिनका लागि आवश्यक पर्ने कागजात तथा पक्रियाबारे सहभागीहरुलाई जानकारी गराउनुभयो । 
कार्यक्रम सक्षमः एक्सेस टु फाइनान्सको साझदारीमा आयोजना गरिएको हो । उक्त संस्थाका आवास पुननिर्माण आयोजना प्रमुख श्री विभु प्रसाद अर्यालले भूकम्प प्रभावित लाभग्राहीहरूलाई सहुलियत ऋण तथा वित्तीय साक्षरताको महत्वका बारेमा प्रकाश पार्नुभएको थियो ।


असार १६ गते गोरखा नगरपालिका, असार १७ गते शहिद लखन गाउँपालिकाका तथा असार १८ पालुङटार नगरपालिकामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा भूकम्प प्रभावित लाभग्राही, जनप्रतिनिधि, स्थानीय बैंकका प्रतिनिधिहरु, संचारकर्मी एवं स्थानीयको उपस्थिति थियो । 
मन्त्रीपरिषद्बाट गत वर्ष पारित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५’ अनुसार आर्थिक अभावका कारण घर बनाउन नसकेका भूकम्प पीडितले निजी आवास निर्माणका लागि अधिकतम पाँच वर्षका लागि ऋण लिन सक्ने छन् । 
नेपाल सरकारले ब्याज अनुदान उपलब्ध गराउने यस्तो कर्जामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आफ्नो आधार दर (बेस रेट) मा दुई प्रतिशत बिन्दु भन्दा बढी नहुनेगरी व्याज लिन पाउनेछन् । यस्तो कर्जामा बैंक तथा वित्तीय संस्थाले यो ब्याज बाहेक अन्य कुनै प्रकारको थप सेवा शुल्क लिन पाउने छ्रैनन् । 
बैंक तथा वित्तीय संस्थाहरुले भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा सामूहिक वा धितो जमानीमा प्रवाह गर्नेछन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप