ReconstructionUpdate

  • This website is under maintenance |

पुनर्निर्माणका लागि १ खर्ब ५१ अर्ब बजेट

प्रकाशित मिति: २०७५-२-१६

काठमाडौं, जेठ १६

सरकारले भूकम्प तथा बाढी पछिको पुनर्निर्माणका लागि १ खर्ब ५१ अर्ब ८ करोड १३ लाख रुपैयाँ बजेट व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षमा भूकम्प पीडितहरुको निजी आवास निर्माण कार्य सम्पन्न गर्ने प्राथमिकता तोकी सरकारले बजेट व्यवस्था गरेको हो ।  त्यस्तै सरकारले बाढी पहिरो र डढेलोलगायत सबै प्रकारका प्राकृतिक प्रकोप पीडितहरुको आवास निर्माणका लागि समेत बजेट व्यवस्था गरेको छ ।

सरकारले प्रदेश र स्थानीय तहसँगको सहकार्यमा विपद् व्यवस्थापनका लागि पूर्व तयारी गर्ने कार्यक्रम पनि ल्याउने भएको छ । विपद् प्रभावितले अकालमा ज्यान  गुमाउनु पर्ने अवस्थाको अन्त्यका लागि पनि आवश्यक रकम छुट्याइएको अर्थमन्त्री युवराज खतिवडाद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप