पुनर्निर्माण अपडेट

पुनरावेदन गर्न चाहने गैरलाभग्राहीले भाद्र १५ सम्म पत्र लिइसक्नुपर्ने

प्रकाशित मिति: २०७७-४-२९

काठमाडौं, श्रावण २९
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विभिन्न समयको प्राधिकरणको निर्णयबाट गैरलाभग्राही भएकाहरुमध्ये पुनरावेदन गर्न चाहनेलाई २०७७ भाद्र १५ सम्म गैरलाभग्राही भएको पत्र बुझ्न आग्रह गरेको छ ।
त्यस्ता गुनासोकर्ताले सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) बाट गैरलाभग्राही कायम भएको पत्र लिन सक्ने प्राधिकरणका सह प्रवक्ता मनोहर घिमिरले जानकारी दिनुभयो ।
पुनरावेदन गर्न चाहने गुनासोकर्ताले पत्र बुझेको ३५ दिनभित्र पुनरावेदन दिइसक्नुपर्नेछ ।
त्यसैगरी, अन्यत्र बसोबास योग्य घर भएका कारणबाट गुनासो सुनुवाईको अन्तिम निर्णय हुन बाँकी गुनासोकर्ताहरुलाई तोकेको प्रक्रिया अनुसार २०७७ भाद्र मसान्तसम्ममा सिफारिस बुझाइसक्न पनि सूचित गरिएको छ । उनीहरुले सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) मा सिफारिश पेश गर्न सक्नेछन् ।
त्यस्तै, प्रवलीकरण लाभग्राहीबाट पुनर्निर्माण लाभग्राहीमा परिवर्तन गर्न चाहनेहरुलाई सम्बन्धित वडा कार्यालयमा निवेदन दिई प्राधिकरणले तोके अनुसारका सिफारिशहरु तयार गरी निवेदन पेश गर्न पनि भनिएको छ । त्यस्ता लाभग्राहीले २०७७ कात्तिक मसान्तसम्ममा सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मा निवेदन पेश गर्न सक्नेछन् ।
हालसम्म अनुदान संझौता गर्न बाँकी लाभग्राहीहरुलाई २०७७ भाद्र मसान्तसम्म अनिवार्य अनुदान संझौता गरी पहिलो किस्ता लिनसमेत आग्रह गरिएको सहप्रवक्ता घिमिरेको कथन छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप