पुनर्निर्माण अपडेट

अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरु

प्रकाशित मिति: २०७६-७-१४

काठमाडौं, कार्तिक ७

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी ज्ञान, सिकाई र उपलब्धीहरुको आदान-प्रदान गर्न आगामी वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ। सम्मेलनको तयारीका क्रममा आयोजित कार्यक्रमम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालको पुनर्निर्माणका वहुआयामीय पक्षबारे प्राप्त ज्ञान र उपलब्धीहरुलाई संस्थागत गर्न र अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनका लागि सम्मेलन गर्न लागेको जानकारी दिनुभयो ।   

  

कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले सम्मेलनमा प्रस्तुत गरिने अनुसन्धानका सम्भावित विषयहरुबारे जानाकरी गराउनु भएको थियो । प्राधिकरणले सम्मेलनमा प्रस्तुत गर्नका लागि अनुसन्धानपत्रहरु माग गर्ने र छनौट प्रकृयालाई अघि बढाउने जनाएको छ ।

कार्यक्रमका सहभागीहरुले सम्मेलनमा पुनर्निर्माण र पुनर्स्थापनाका विविध विषयबारे प्राज्ञिक हिसाबले मात्र नभइ व्यवहारिक पक्षलाई पनि समावेश गर्न सुझाव दिएका थिए । आगामी सन् २०२० को नोभेम्बरमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने तयारी भएपनि प्राधिकरणले मिति भने केही समयपछि तोक्ने जनाएको छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप