पुनर्निर्माण अपडेट

धापासी माविको शिलान्यास

प्रकाशित मिति: २०७७-११-११

काठमाडौं, फागुन १०
काठमाडौं, टोखा–४ स्थित श्री धापासी माध्यमिक विद्यालय भवन पुनर्निर्माणको आज शिलान्यास गरिएको छ । नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले शिलान्यास गर्नुभएको हो ।
विद्यालय पुनर्निर्माणमा भारतले गरेको अनुदान सहयोगअन्तर्गत यो विद्यालय पुनर्निर्माण हुन लागेको हो । भ्याटबाहेक ५ करोड ०६ लाख ७७ लाख ४४७ रुपैयाँ अनुदान सहयोगमा २२ कोठे भवनको पुनर्निर्माण हुनेछ ।
शिलान्यासपछि मन्तव्य राख्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलले पुनर्निर्माणपछि धापासी मा.वि. यस क्षेत्रका लागि दृष्टान्त बन्ने विश्वास व्यक्त गर्नुभयो । भूकमपबाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माण उच्च कोटीको भएको बताउँदै पोखरेलले ८१ प्रतिशत विद्यालय भवनहरु पुनर्निर्माण भएकोमा प्राधिकरणलाई धन्यवाद पनि दिनुभयो ।


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले शहरको केन्द्रमा रहेको सामुदायिक विद्यालयको भवन पुनर्निर्माण हुँदा विद्यार्थी नानीबाबुहरुको लाभान्वित हुने विश्वास व्यक्त गर्दै यसबाट शिक्षाको गुणस्तर बृद्धिमा योगदान पुग्ने अपेक्षा राख्नुभयो ।
योगी हनुमान जेभी निर्माण कम्पनीले १५ महिनाभित्र विद्यालय भवन निर्माण सक्नेगरी ठेक्का सम्झौता गरिसकेको छ । कूल २२ वटा कोठामध्ये १३ वटा कक्षाकोठाका रुपमा प्रयोग हुनेछन् भने अन्यमा प्रयोगशाला, पुस्तकालय, प्रशासन, लेखा, शिक्षक कक्षलगायत रहनेछन् ।
विद्यालयका प्रधानध्यापक श्रीराम थापाले विद्यालयमा हाल ३९८ विद्यार्थी अध्ययनरत रहेको जानकारी दिनुभयो ।


भारत सरकारले विद्यालय पुनर्निर्माणमा करिब ५ अर्ब ८० करोड रुपैयाँ (५ करोड अमेरिकी डलर) सहयोग गरेको छ । अनुदान सहयोगमा आठ जिल्लामा ७१ वटा शैक्षिक संरचनाहरु निर्माण हुनेछन् । तीमध्ये आठवटा सम्पन्न भइसकेका छन् भने ५६ वटा पुनर्निर्माणको विभिन्न चरणमा छन् ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप