पुनर्निर्माण अपडेट

स्थानीय तहका प्राविधिकलाई तालिम सुरु

प्रकाशित मिति: २०७८-५-२

काठमाडौं, भदौ २
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, भूकम्पीय आवास पुनर्निर्माण आयोजनाले भूकम्प प्रभावित क्षेत्रका २८२ वटै स्थानीय तहका प्राविधिकहरुलाई भिरालो जमिनको स्थिरीकरण प्रविधि सम्बन्धमा तालिम आयोजना गरेको छ ।
तालिमको सुरुवात काभ्रेका सबै स्थानीय तहका प्राविधिकबाट सुरु गरिएको हो ।
तालिम कार्यक्रमको उद्घाटन गर्दै आयोजनाका निर्देशक भरत अर्यालले विपद् जोमिख न्यूनीकरण तथा व्यवस्थापनमा स्थानीय तहका प्राविधिकहरुको महत्वपूर्ण भूमिका हुने भएकाले तालिमको आयोजना गरिएको बताउनुभयो ।
“यस्तो तालिमप्राप्त प्राविधिकबाट सडकलगायतका भौतिक पूर्वाधार तथा घरहरु निर्माण गर्दा संभाव्य जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण योगदान हुने हाम्रो विश्वास छ”, अर्यालले भन्नुभयो ।

आयोजनाका उपनिर्देशक श्याममणि काफ्लेले पुनर्निर्माणका प्रापत अनुभव र सिकाईलाई व्यवस्थित रुपमा हस्तान्तरण गर्ने योजनाअन्तर्गत तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।
काफ्लेले पुनर्निर्माण भएका कतिपय क्षेत्रमा यस्तो समस्या देखिएकोले जमिन स्थिरीकरण प्रविधिलाई जोड दिएर तालिम आयोजना गरिएको उल्लेख गर्नुभयो ।
यस प्रकारको तालिमले पुनर्निर्माण तथा पुनर्स्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा यस आर्थिक वर्षको कार्यक्रममा समाविष्ट सुरक्षित नेपाल निर्माणका लागि दश वर्षे महाअभियानलाई टेवा पुग्ने आयोजनाको विश्वास छ ।
यसअघि आयोजनाले भूकम्प प्रभावित सबै जिल्लाका स्थानीय तहका राजनीतिक तथा कर्मचारी नेतृत्वलाई उत्थानशील विकास सम्बन्धमा तालिम उपलब्ध गराएको थियो ।
तालिमको सिलसिलामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सह–प्रकाशनमा तालिम पुस्तिका तयार गरिएको छ ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप