पुनर्निर्माण अपडेट

प्रवलीकरणलाई अभियानका रुपमा अघि बढाउन निर्देशन

प्रकाशित मिति: २०७६-८-२४

काठमाडौंमंसीर २३

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवासको प्रवलीकरणलाई अभियानका रुपमा अघि बढाउन निर्देशन दिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी जिल्ला सिनियर इन्जिनियरइन्जिनियर र प्राविधिकलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट आंशिक क्षति भएका घरको प्रवलीकरणलाई अभियानका रुपमा अघि बढाउन निर्देशन दिनु भएको हो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पबाट क्षति भएका निजी आवासको पुनर्निर्माणमा धेरै उपलब्धी हासिल भएको भन्दै प्रवलीकरणमा परेका घरको काम खासै अघि बढ्न नसकेको भन्दै जिल्लादेखि स्थानीय तहसम्मका इन्जिनियरहरुलाई परिचालन गर्न निर्देशन दिनुभयो । उहाँले जिल्लामा प्रवलीकरण गर्नुपर्ने घरहरुको समय तालिका तयार पार्न सोही अनुसार जनतालाई समेत बुझाएर प्रवलीकरणको काम गर्न निर्देशन दिनु भएको हो ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प प्रभावित जिल्लामा मात्र नभई भविष्यमा अरु जिल्लामा पनि प्रवलीकरणको काम गर्नु पर्ने आवश्यकता रहेको बताउँदै आफूले जानेको सीप स्थानीय तहमा पुर्याउन पनि निर्देशन दिनुभयो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई भवनका आयोजना निर्देशन नवराज प्याकुरेलले प्रवलीकरण र मर्मत सम्भारलाई एउटै रुपमा बुझन नहुने भन्दै प्रवलीकरणबारे स्पष्ट भई काम गर्न निर्देशन दिनुभयो । उहाँले गैरसरकारी संस्थाहरुलाई राम्रोसँग परिचालन गरेर छनौटमा परेका घरहरुको प्रवलीकरणमा ढिला नगर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार प्रवलीकरणका लागि ६९ हजार ६ सय १३ लाभग्राही रहेकोमा ३६ हजार २ सय १५ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ । यस्तै ३६ हजार २ सय १५ ले प्रथम किस्ता ५० हजार अनुदान लिइसकेका छन् । प्रवलीकरण लाभग्राहीले दुई किस्ता गरेर एक लाख रुपैयाँ अनुदान पाउँछन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप