ReconstructionUpdate

  • This website is under maintenance |

प्राधिकरणद्वारा थप १३ स्थानीय तहको गुनासो सम्बोधन

प्रकाशित मिति: २०७५-२-१८

काठमाडौं, जेठ १८

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको आज बसेको बैठकले छुट तथा पुनः जाँच सर्वेक्षण अन्तर्गत संकलित तथ्यांकको विश्लेषण गरी गुनासो सुनुवाई गर्ने क्रममा थप १३ वटा स्थानीय तहहरुको नतिजा सार्वजनिक गरेको छ । जस अन्तर्गत २ हजार ७८ घरधुरी पुनर्निर्माण लाभग्राहीमा परेका छन् भने २ सय ६३ जना प्रबलीकरण लाभग्राहीमा समावेश भएको प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरले बताउनुभयो ।

कार्यकारी समितिको शुक्रबारको निर्णय अनुसार गोरखाका आरुघाट र अजीरकोट गाउँपालिका, सिन्धुपाल्चोकका ईन्द्रावती र सुनकोशी गाउँपालिका, काठमाडौंका बुढानिलकण्ठ, चन्द्रागिरी, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, शंकरापुर, तारकेश्वर, टोखा नगरपालिका तथा काठमाडौं महानगरपालिका छन् । यसअघि प्राधिकरणले गुनासो सुनुवाईमार्फत विभिन्न जिल्लाका १८ गाउँपालिका र २ नगरपालिकाका ५ हजार ३ सय ४४ जनालाई पुनर्निर्माण अनुदान लाभग्राही र ५ हजार ५ सय १ जनालाई प्रबलीकरण लाभग्राहीमा समावेश गरिसकेको छ ।

विभिन्न जिल्लाबाट ठूलो संख्यामा गुनासो दर्ता गरिएको र पहिले सर्वेक्षण भएको वा नभएको यकीन गरी थप प्रमाणीकरण गर्नु परेकोले लाभग्राहीहरुको छनौटमा केही ढिलाई भएको हो । हाल विशेष प्राथमिकताका साथ यो कार्य भैरहेकाले जेष्ठ मसान्तभित्रमा सर्वेक्षण भै केन्द्रमा आएको तथ्यांकबाट लाभग्राहीहरुको पहिचान कार्य सम्पन्न भै स्थानीय तहमा सूची पठाइने सूचना अधिकारी घिमिरे बताउनुभयो । यसरी कायम भएका लाभग्राहीहरुले स्थानीय तहको सिफारिसमा अनुदान संझौता गरेपछि तोकिएको प्रक्रिया पूरा गरी पुनर्निर्माण अनुदान लाभग्राहीले रु ३ लाख र प्रबलीकरण लाभग्राहीहले रु १ लाख अनुदान प्राप्त गर्नेछन् । विगतमा विभिन्न कारणले लाभग्राही सुचीमा पर्न नसकेका वास्तविक भूकम्प पीडितलाई लक्षित गरी प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा छुट तथा पुनः जाँच सर्वेक्षण कार्यक्रम संचालन गरेको थियो । उक्त कार्यक्रम अन्र्तगत गत भाद्रदेखि मंसिरसम्म प्राधिकरणले ३ सय ३२ जना इन्जिनियरलाई परिचालन गरी छुट तथा पुनर्जाँच सर्वेक्षण कार्यक्रममार्फत करिव १ लाख ३० हजार घरधुरीको तथ्याङ्क संकलन गरेको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप