पुनर्निर्माण अपडेट

नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने

प्रकाशित मिति: २०७६-११-२८

काठमाडौं, फागुन २७
नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको छ । 

 संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितको उपस्थितिमा यी क्षेत्रको हालको अवस्था र गुरुयोजनाको आवश्यकताबारे छलफल भएको हो ।


 

छलफलअघि, उहाँहरुले नारायणहिटी संग्रहालय परिसर र गणतन्त्र स्मारक क्षेत्रको अवलोकन भ्रमण गर्नु भयो । 

छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरि शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, सोही मन्त्रालयका संस्कृति महाशाखा प्रमुख सहसचिव सुरेश आचार्य, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम, दरबार संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको पनि सहभागिता थियो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा गुरुयोजना बनाइन लागेको हो । 

हाल केशर महलको प्रवलीकरण भइरहेको छ । त्यसैगरी नारायणहिटी संग्रहालयभित्रका भूकम्पबाट क्षतिग्रस्त केही संरचनाको पनि पुनर्निर्माण भइरहेको छ । 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप