पुनर्निर्माण अपडेट

दक्षिण एसियाली सम्मेनलद्वारा सात बुँदे काठमाडौं कार्ययोजना पारित

प्रकाशित मिति: २०७६-२-२८

काठमाडौंजेठ २८

सात बुँदे काठमाडौं  कार्ययोजना पारित गर्दै विपद् व्यवस्थापनपुनर्निर्माणउर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षीण एसीयाली सम्मेलन सम्पन्न भएको छ ।

 सम्मेलनले दक्षिण एसियामा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा दीगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहहरुलाई सँगसँगै सहकार्य गर्न आग्रह गरेको छ ।

 राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा स्थानीय तहहरुसँग सहकार्य गर्दै जिम्मेवारी र अधिकार हस्तान्तरण गरेकाले महत्वपूर्ण उपलब्धीहरु हासिल भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘पुनर्निर्माणमा हामीले स्थानीय तहहरुसँग गरेको सहकार्य अन्तर्राष्ट्रिय रुपमा पनि नमूना हुन सक्छ । 

 कार्ययोजनामा नेपाल सरकारले स्थानीय तहमा गरेको सुधार र भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा गरेको प्रगतिलाई मनन गर्दै स्थानीय सरकारहरु तथा स्थानीय सरकारका संघहरुलाई राष्ट्रिय कार्यढाँचा अनुकुल आफ्नै विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीतिहरु बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।

 त्यस्तैसफा र नवीकरणीय उर्जाका प्रावधानहरु सुनिश्चित गर्न जलवायु परिवर्तनका असरहरु न्यूनीकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकारहरुलाई संलग्न गराउनुपर्ने आवश्यकता महसुस गर्न राष्ट्रिय सरकारलाई आह्वान गरिएको छ ।

 सम्मेलनले विश्वका मुद्दाहरुलाई स्थानीय तहमा लागु गर्नका लागि स्थानीय सरकारहरुको संस्थागतसंगठनात्मकवित्तीय एवं प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न आह्वान पनि गरेको छ ।

 त्यस्तैस्थानीय सरकारहरुका नीति निर्माणयोजना तथा निर्णय प्रक्रियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्ननिर्णय प्रक्रियामा महिला तथा जोखिमयुक्त वर्गहरुको अर्थपूर्ण सहभागिता वृद्धि गर्न राष्ट्रियप्रादेशिक तथा स्थानीय तहमा स्रोतहरु उपलब्ध गराउने कार्यको महत्वमाथि जोड दिएको छ ।

सम्मेलनले स्थानीय सरकारहरुमार्फत् दीगो विकास लक्ष्यहरुशहरी मुद्दाहरु एवं विपद् जोखिम न्यूनीकरण सेण्डाई फ्रेमवर्कको प्रभावकारी स्थानीयकरणका लागि स्थानीय सरकारहरुलाई सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । सन् २०१५ मा जापानमा भएको सम्मेलनले विपद् न्यूनीकरणका लागि सन् २०३० सम्मको सेन्डाइ फ्रेमवर्क तयार पारेको थियो ।

त्यसैगरीविश्वका मुद्दाहरुको स्थानीय स्तरमा प्रभावकारी कार्यान्वयनका अनुभव तथा सकरात्मक अभ्यासहरु साझेदारी गर्न दक्षिण एसियाका स्थानीय सरकार तथा तिनका संघहरुबीच सहयोग वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । 

सम्मेलनको सोमबार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गर्नुभएको थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणगाउँपालिका राष्ट्रिय महासंघनेपाल नगरपालिका संघयुनाइटेड सिटी एण्ड लोकल गभरमेन्टएसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजनामा सम्मेलन आयोजना गरिएको हो । 

सम्मेलनमा नेपालसहित भारतचीनपाकिस्तानबंगलादेशइण्डोनेसियाश्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु एवं विज्ञहरुको सहभागिता थियो । मंगलबारका सत्रहरुमा नवीकरणीय उर्जाजलवायु परिवर्तनलगायतका विषयमा छलफल गरिएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप