पुनर्निर्माण अपडेट

पुनर्निर्माणका लागि साढे ३३ अर्ब रुपैया

प्रकाशित मिति: २०७८-२-१५

काठमाडौं, जेठ १५
भूकम्पबाट क्षति भएका पुनर्निर्माण हुन बाँकी संरचनाहरुको पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ का लागि ३३ अर्ब ५५ करोड रुपैयाँ विनियोजन भएको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा सार्वजनिक आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यक्रममा यस्तो जानकारी दिइएको हो ।
आगामी आर्थिक वर्ष थप १३०७ विद्यालयका १४,१५५ कक्षाकोठा, १०५ स्वास्थ्य संस्था, १९५ साँस्कृतिक तथा पुरातात्विक सम्पदा र ३६ सरकारी भवनका साथै ३९ स्थानमा एकीकृत वस्तीको निर्माण कार्य सम्पन्न गर्न बजेट विनियोजना गरिएको हो ।
मन्त्री पौडेलले भूकम्पपछिको पुनर्निर्माणमा नेपालले प्राप्त गरेको सफलता र अनुभवलाई आगामी वर्ष अन्तर्राष्ट्रिय सम्मेलन आोगना गरी विश्वसामु प्रस्तुत गरिने बताउनुभयो । “भूकमपबाट क्षति भएका राष्ट्रपति भवन, बबरमहल, बालमन्दिर, केशरमहल, हरिहरभवन, त्रिचन्द्र कलेजलगायतका महत्वपूर्ण भवन तथा पुरातात्विक सम्पदाको पुनर्निर्माण तथा प्रवलीकरण कार्यलाई तीव्रता दिइनेछ” बजेट वक्तव्यमा भनिएको छ ।
बजेट वक्तव्यमा अगाडि भनिएको छ, “राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यावधि आगामी पौषसम्म् रहेकोले आगामी आर्थिक वर्षदेखि अधुरा आयोजना पूरा गर्न आवश्यक स्रोत र अभिलेखसहित कार्यान्वयनको जिम्मेवारी विषयगत मन्त्रालयमा हस्तान्तरण गरिनेछ । धरहरा परिसर, सिंहदरबारको प्रबलीकरण एवं काष्ठमण्डपको पुनर्निर्माणको कार्य प्राधिकरणको समयावधिभित्रै सम्पन्न गर्न बजेट व्यवस्था गरेको छु ।”  
त्यसैगरी, भूकम्पपपछिको पुनर्निर्माण तथा पुनस्र्थापनाका क्षेत्रमा प्राप्त अनुभवका आधारमा आगामी आर्थिक वर्षदेखि सुरक्षित नेपाल निर्माणको दश वर्षे कार्यक्रम संचालन गरिने पनि जानकारी दिइएको छ ।  
त्यस्तै, पुनर्निर्माण प्राधिकरणको पहलमा निर्माण भएको बृहत् टुँडिखेल गुरुयोजना लागु हुने भएको छ । बजेट वक्तव्यमा गुरुयोजनाबारे यसप्रकार उल्लेख गरिएको छ, “काठमाडौँको नारायणिहटी संमहालयदेखि दशरथ रंगशालासम्मको क्षेत्रलाई अत्याधुनिक सेन्ट्रल पार्कमा विकास गरिनेछ । यसअन्तर्गत भूमिगत पाकिङसहितको खुल्लामञ्च, रमणीय बगैंचा र प्रदर्शनीस्थलसहितको भृकुटीमण्डप, रानीपोखरी, रत्नपार्क, टँुुिडखेल, सुन्धारा, भद्रकाली र दशरथ रंगशालालाई समेत समेट्ने गरी आधुनिक पूर्वाधार विकास गर्न बजेट व्यवस्था गरेको छु ।”

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप