पुनर्निर्माण अपडेट

दोलखामा पुनर्निर्माण गरिएका सरकारी कार्यालय हस्तान्तरण

प्रकाशित मिति: २०७६-३-२२

असार, २०

दोलखामा पुनर्निर्माण गरिएका चारवटा कार्यालयको उद्घाटन गरि हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले डिभिजन वन, जिल्ला प्रशासन कार्यालय, जलस्रोत तथा सिंचाइन विकास डिभिजन कार्यालयको संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो । उद्घाटनपछि ती भवनहरु प्रदेश सांसद पशुपति चौलागाई र विशाल खड्काले प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गुर्नभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) दोलखाद्वारा पुनर्निर्माण गरिएका चारवटा भवनको पुनर्निर्माण लागत १६ करोड १३ लाख रुपैयाँ छ । जसमा नेपाल सरकारको १२ प्रतिशत र एसियाली विकास बैंकको ८८ प्रतिशत रहेको छ । भवनको पुनर्निर्माण २०७३ साल चैत्रबाट सुरु गरिएको थियो ।

भवन हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माण गरिएका सुविधा सम्पन्न भवनबाट सेवाग्राही दिइने सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्पबाट क्षति भएका पूर्वाधारहरुको पुनर्निर्माण सम्पन्न हुने क्रममा रहेको भन्दै विपद्लाई अवसरका रुपमा बदलेको बताउनुभयो ।

केन्द्रीय आयोजन कार्यान्वयन इकाई (भवन)का आयोजना निर्देशक नवराज प्याकुरेलले भवन पुनर्निर्माणमा सहयोग पुर्याउनु हुने सबैलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्रदेश सांसद् पशुपति चौलागाई र विशाल खड्का, जिल्ला समन्वय समितिका अध्यक्ष डबल पाण्डे, भिमेश्वर नगरपालिका प्रमुख भरतबहादुर केसी लगायतले सम्बोधन गर्नु भएको थियो । उहाँहरुले सहज र प्रभावकारी रुपमा सेवा प्रदान गर्न सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप