ReconstructionUpdate

  • This website is under maintenance |

न्युजिल्याण्डकी राजदूत केम्पकर्सद्वारा पुनिर्निर्माणको प्रसंसा

प्रकाशित मिति: २०७५-२-१६

काठमाडौं, जेठ १६

नेपालका लागि न्यूजिल्याण्डकी राजदूत जोआना केम्पकर्सले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालसँग भेटघाट गरी भूकम्पपछिको पुनर्निर्माणबारे जिज्ञासा राख्नुभएको छ । बुधबार प्राधिकरण कार्यालयमा भएको भेटमा राजदूत केम्पकर्सले भूकम्पपछिको पुनर्निर्माण खासगरी निजी आवास तथा विद्यालय भवनहरुको पुनर्निर्माणका बारेमा जिज्ञासा राख्नुभएको थियो । प्रमुख कार्यकारी अधिकृत भूसालले निजी आवास निर्माण तीव्र गतिमा भइरहेको तथा विद्यालय भवनहरुको पुनर्निर्माण पनि उत्साहजनक ढंगले अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले आगामी आर्थिक वर्षभित्र निजी आवासको कार्य सम्पन्न गरिने लक्ष्य लिइएको र प्राधिकरणलाई दिइएको समयभित्र पुनर्निर्माणका लगभग सबै कार्य सम्पन्न भइसक्ने पनि उल्लेख गर्नुभयो । 

राजदूत केम्पकर्सले साधनस्रोतको सीमितता तथा संक्रमणकालका बाबजूद पुनर्निर्माणमा उल्लेख्य प्रगति भएकोमा प्राधिकरणको प्रशंसा गर्नुभयो । प्रमुख कार्यकारी अधिकृत भूसालले पुनर्निर्माणमा न्यूजिल्याण्डको सहयोगका लागि धन्यवाद दिंदै आगामी दिनमा पनि सहयोग निरन्तर हुने अपेक्षा व्यक्त गर्नुभयो ।न्युजिल्याण्ड सरकारले भूकम्पपछिको विद्यालय पुनर्निर्माणमा सहयोग गरिरहेको छ । 

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप