पुनर्निर्माण अपडेट

पुनर्निर्माणमा विश्व बैंकको करिब २३ अर्ब थप

प्रकाशित मिति: २०७६-१०-२३

काठमाडौं, माघ २३
भूकम्पबाट निजी आवास पुनर्निर्माणमा ऋण सहयोग गर्दै आएको विश्व बैंकले दुई सय मिलियन अमेरिकी डलर सहयोग विस्तार गरेको छ । यो आजको विनिमय दरअनुसार करिब २२ अर्ब ८२ करोड रुपैयाँ हो ।
यससम्बन्धी सम्झौता–पत्रमा आज हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका कन्ट्री म्यानेजर फारिस एच. हाडाड–जर्भोसले सम्झौता–पत्रमा हस्ताक्षर गर्नु भयो ।
यो रकम भूकम्प प्रभावित ३२ वटै जिल्लाका ८६ हजार ६ सय ८० निजी आवास लाभग्राहीलाई प्रदान गरिने अनुदानमा प्रयोग हुनेछ ।
“भूकम्पपछिको पुनस्र्थापना र पुनर्निर्माण प्रयासमा विश्व बैकको यो सहयोग र निरन्तर सहायताका लागि नेपाल सरकारका तर्फबाट हार्दिक अभार व्यत्तल् गर्दछु । यो सहयोगले यसै आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको लक्ष्य पूरा गर्ने नेपाल सरकारको प्रतिद्धतामा ठूलो टेवा पुर्याउनेछ”, सम्झौतापत्रमा हस्ताक्षर गरेपछि सहसचिव नेपालले भन्नुभयो ।


 

विश्व बैंकले सन् २०१५ अगस्ट १४ मा पहिलोपटक दुई सय मिलियन अमेरिकी ऋण डलर सहयोग दिएको थियो । त्यस्तै, सन् २०१७ डिसेम्बर १५ मा थप तीन सय मिलियन अमेरिकी डलर ऋण सहयोग विस्तार गरेको छ ।
विश्व बैंकका कन्ट्री म्यानेजर जर्भोसले भन्नुभयो, “हामी भूकम्पबाट प्रभावित आफ्ना नागरिकको जीवन पुनर्निर्माण गर्ने नेपाल सरकारको प्रयासमा निरन्तर साथ दिन नेपालका विकास साझेदार समुदायसँगै छौं ।”
उहाँले पुनर्स्थापना तथा पुनर्निर्माणमा भूकम्पीय आवासीय पुनर्निर्माण परियोजनाको सफल कार्यान्वयनका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वको प्रशंसा गर्दै हालसम्म प्राप्त अनुभव र ज्ञानले बाँकी रहेका कार्यहरु सम्पन्न हुने विश्वास पनि व्यक्त गर्नु भयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमातहत संचालित भूकम्पीय आवासीय पुनर्निर्माण परियोजनामार्फत् विश्व बैंकको ऋण सहयोग परिचालन भइरहेको छ । यो परियोजनाअन्र्तगत सबैभन्दा प्रभावित १४ जिल्लाका ६ लाख ८३ हजार ३ सय ६७ लाभग्राहीमध्ये ९९ प्रतिशतले पहिलो, ८२ प्रतिशतले दोस्रो र ७१ प्रतिशतले तेस्रो किस्ता प्राप्त गरिसकेका छन् ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप