पुनर्निर्माण अपडेट

‘पुनर्निर्माणमा पारदर्शिता कायम गरिएको छ’

प्रकाशित मिति: २०७६-९-२७

काठमाडौं, पौष २७
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणका क्रममा विभिन्न उपायमार्फत् पारदर्शिता अपनाइएको बताउनुभएको छ ।
ट्रान्परेन्सी इन्टरनेशनलले आयोजना गरेको पुनर्निर्माणमा प्रगति, नयाँ व्यवस्था तथा भावी योजनासम्बन्धी छलफलमा उहाँले अनुदान वितरणमा बैंकिङ्ग प्रणालीको प्रयोग, लाभग्राही हुनका लागि गुनासो गर्नसक्ने व्यवस्था, प्राधिकरणका निर्णय चित्त नबुझे पुनरावेदन गर्नसक्ने प्रावधान रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “निजी आवास पुनर्निर्माणका क्रममा हामीले अर्बौं रुपैयाँ लाखौं जनताको हातमा पु¥यायौं । त्यसक्रममा हामीले जुन प्रणाली स्थापित गर्यौं, त्यसमा अनियमितताको कुनै गन्धसमेत आएन ।”
त्यस्तै, उहाँले पुनर्निर्माणमा सबै तहका जनप्रतिनिधिहरुको सहभागिता तथा अनुगमनको व्यवस्था गरिएको पनि उल्लेख गर्नु भयो ।
उहाँले विद्यालय, अस्पताल तथा स्वास्थ्य चौकी, सरकारी तथा सुरक्षा निकायका भवनहरु गुणस्तरीय रुपमा पुनर्निर्माण भएका एव. पुनर्निर्माणसम्बन्धी सार्वजनिक खरिदलगायतका कार्य पारदर्शी रुपमा भएको पनि बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति सभापति कल्याणी कुमारी खड्का, महालक्ष्मी तथा बुढानिलकण्ठ नगरपालिकाका प्रमुखहरु, प्राधिकरणका कार्यकारी समिति सदस्यहरु, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना प्रमुखहरुलगायतको उपस्थिति थियो ।
ट्रान्परेन्सी इन्टरनेशनलले २०७३ बैशाखदेखि भूकम्प अति प्रभावित १४ जिल्लामा भूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनामा सदाचार कार्यक्रम संचालन गरिरहेको छ ।

 

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप