पुनर्निर्माण अपडेट

आगामी आर्थिक बर्षभित्र पुनर्निर्माणका काम सम्पन्न गरिने

प्रकाशित मिति: २०७७-२-२

काठमाडौं, जेठ २
वैशाख २०७२ को भूकम्पले भत्काएका संरचनाकाे आगामी आर्थिक वर्षभित्र पुनर्निर्माण सम्पन्न गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत् यस्तो घोषणा गर्नु भएको हो ।
ऐतिहासिक सम्पदा धरहरा र रानिपोखरीको पुनर्निर्माणको काम ४० र ७० प्रतिशत सम्पन्न भइसकेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा अगाडि भनिएको छ, ‘भूकम्पबाट क्षतिग्रस्त ४ लाख ९५ हजार निजी आवासको निर्माण कार्य सम्पन्न भएको छ । क्षतिग्रस्त ७ सय ५३ पुरातात्विक सम्पदामध्ये ४ सय २ को पुनर्निर्माण सम्पन्न भएको छ ।’
पुनर्निर्माणलगायतका कार्यहरु गर्न आवश्यक नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्रीको सहज आपूर्तिका लागि सम्भाव्य र उपयुक्त उत्पान्द केन्द्र तोकिने एवं नदी कटान र वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था मिलाइने पनि नीति तथा कार्यक्रममा समावेश छ ।

Share on

भिडियो ग्यालरी+ थप

Twitter Feed

फोटो ग्यालरी + थप

भिडियो ग्यालरी + थप